ओबामाले ट्रम्पलाई भने- ‘रोइकराई गरेर राष्ट्रपति भईंदैन’
अमेरिका ३ कार्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावमा आफूविरुद्ध धाँधली हुने रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यस्तो रोइकराई बन्द गर्न भनेका छन्। उनले मतदान नै नभई अमेरिकी राष्ट्रपति पदको उम्मेदवारले अशोभनीय रूपमा चुनावलाई बदनाम गर्ने ट्रम्पको जस्तो प्रयास पहिला कहिल्यै नभएको पनि बताए।
अर्बपति व्यापारीबाट राजनीतिज्ञ बनेका ट्रम्पले नोभेम्बर ८ तारिखमा हुने चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार रहेकी हिलरी क्लिन्टनलाई जिताउन पक्का धाँधली गरिने बताएका थिए। तर त्यसको तीखो आलोचना गर्दै राष्ट्रपति ओबामाले ट्रम्पलाई रोइकराई बन्द गरी मतदातासमक्ष आफ्ना विषयवस्तु राख्न सुझाव दिएका छन्।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको भन्दै ओबामाले त्यसको पनि आलोचना गरे। ट्रम्पले आफूले चुनावमा जिते रुसी राष्ट्रपतिसँग नजिकको सम्बन्ध राख्ने प्रतिक्रिया यसअघि दिएका थिए। ओबामाले ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रंशसा गरिरहेको सन्दर्भबारे बोल्दै रुसी नेता प्रति यस्तो किसिमको चाप्लुसी विगतमा कहिल्यै नभएको उल्लेख गरे।
मंगलबार ह्वाइट हाउसको रोज गार्डेनमा अमेरिका भ्रमणमा रहेका इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीसँगको पत्रकार सम्मेलनका बेला ओबामाले ट्रम्पबारेको आफ्नो धारणा तथ्यमा आधारित रहेको बताएका हुन्।
मत सर्वेक्षणहरुका अनुसार ट्रम्प समर्थक मतदाताको संख्या घटिरहेको छ। साथै उनले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्।
ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए कार्यकाल शुरु गर्नुअघि नै पुटिन र रुसी अधिकारीसँग भेटवार्ता गर्ने बताएका थिए। ट्रम्प र क्लिन्टनबीच बुधबार लास भेगसस्थित नेभाडा विश्वविद्यालयमा तेश्रो र अन्तिम प्रत्यक्ष बहस हुँदैछ।बिबिसी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...













