भारतीय टेलिभिजन र रेडियो कार्यक्रम पाकिस्तानमा प्रतिबन्ध
इस्लामाबाद, ४ कात्तिक । भारत र पाकिस्तानवीचको बढ्दो तनावका क्रममा पाकिस्तानले शुक्रबारदेखि लागू हुने गरी भारतीय टेलीभिजन र रेडियो कार्यक्रमहरू प्रसारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइदिएको छ ।
सरकारी निर्णयको उल्लंघन भएमा टेलिभिजन र रेडियो प्रसारकहरूको लाइसेन्स निलम्बन गर्ने समाचारमा चेतावनी दिइएको छ ।
पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले संघीय सरकारको आग्रहमा २१ अक्टूबर (शुत्रबार)देखि भारतीय कार्यक्रमहरूलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्राधिकरणले भनेको छ, ‘प्रतिबन्ध २१ अक्टूबर (शुक्रबार)का दिन तीन बजेदेखि लागू हुनेछ । सरकारी निर्णयलाई अहवेलना गर्ने रेडियो र टेलीभिजन स्टेशनको लाइसेन्स स्पष्टीकरण दिने मौका नदिइ निलम्बन गरिनेछ ।’
भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी कलाकारहरूलाई यसअघि देश छाड्न निर्देशन दिइसकेको छ । पाकिस्तान र भारतवीचको बढ्दो तनाबको परिणाम अहिले पनि देखिदै आएको छ । – एजेन्सी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












