नोबेल पुरस्कार विजेता सम्पर्क मै आएनन्
स्टकहोम (स्वीडेन),/ कात्तिक । यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् ।
नोबेल पुरस्कार समितिले यी अमेरिकी श्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ ।
स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्वीडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले “अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौँ । बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनु भएको तर, बबसँग हालसम्म सम्पर्क नै कायम भएन” भनिन् ।
स्वीडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उहाँसँग सम्पर्क गर्ने प्रयास हिजोदेखि त्यागेको सीएनएन टेलिभिजनलाई बताए ।
गत बिहीबार राति, साहित्य बिधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नमा ब्यस्त हुनुहुन्थ्यो ।
तर कार्यक्रमभर उहाँले पुरस्कार प्रदान गरिएकोबारे एक शब्द पनि उच्चारण गर्नु भएन । त्यस्तै भोलिपल्ट शुक्रबार उहाँले अमेरिकाकै कोआचेला नगरमा अर्को साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।
त्यहाँ पनि उहाँले पुरस्कार प्रदान गरिएकोबारे कुरै उठाउनु भएन । बरु, त्यही मञ्चमा अर्को ब्याण्डका मित्रहरूले उहाँलाई बधाई दिँदै उहाँको अतुलनीय उपलब्धिबारे निकैबेर चर्चा र प्रशंसा गरे, तर उहाँ भने निशब्द मौन बस्नुभयो ।
नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उहाँको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ ।
“केही छैन, उहाँलाई आउन मन नलागे नआउनु भए पनि हुन्छ, तर हामी सदैव उहाँलाई सम्मान गर्न भने चुक्दैनौं” सचिव डेनियस भन्छिन् । सन् १९४१ मे २४ का दिन डुलुथ, माइनसोटामा जन्मिनु भएका हाल ७५ वर्षीय डाइलान एक उत्पादनशील सङ्गीतज्ञ हुनुहुन्छ ।
उहाँले सङ्गीत बिधामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नु भएको छ । सन् २०१२ को मे २९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा ह्वाइट हाउसमा प्रदान गरिएको “प्रेसिडेन्सियल मेडल अफ फ्रिडम” तक्माबाट उहाँ विभूषितसमेत हुनुहुन्छ ।
अमेरिकी नागरिकलाई प्रदान गरिने उत्कृष्ट सम्मानमध्ये यस तक्माको नाम अग्रस्थानमा आउँछ । राष्ट्रपति ओबामा स्वयं आफू पनि डाइलानको एकजना फ्यान भन्न रुचाउनु हुने जनाइएको छ । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













