सोलिडारिटी कप विजेतालाई जनही तीन लाख
काठमाडौँ २४ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ ।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।
मलेसियामा सम्पन्न सोलिडारिटी कप फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।
त्यस्तै कार्यसमिति बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवरलाई मनोनीत गरेको छ । बैठकले उपाध्यक्ष कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । उहाँ गत ८ कात्तिकमा निर्वाचनबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो ।
त्यसपछि रिक्त रहेको उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घका अध्यक्ष वीरबहादुर खड्का मनोनीत हुनुभएका छन् । एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न कुँवरको नेतृत्वमा समिति बनाएको छ ।
बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएको बारे छानबिन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जीव मिश्र सम्मिलित समिति गठन गरेको छ ।
उनीहरूलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । एन्फाले समयमै खेलाडीको नाम दर्ता नगरी दिँदा थ्रीस्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
महिला साफका लागि २० खेलाडी छनोट
यसैगरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय टोली छनोट गरिएको छ ।
जसमा ३ गोलकिपर, ६ डिफेन्डर, ४ स्ट्राइकर र ७ मिडफिल्डर छन् । प्रशिक्षकमा कुमार थापा र अस्मिता खवास सहायक प्रशिक्षक छन् ।
नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । अन्य खेलाडीमा नमिताकुमारी दली, गीता राना, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा राजभण्डारी, कृष्णा खत्री, अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कविता धिमाल, सरु लिम्बू र निर्मला विक छन् ।
तीस खेलाडीबाट छनोट गरेर अन्तिम २० को सार्वजनिक गरिएको थियो । समूहमा ‘ए’मा रहेको नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्नेछ । भारत, अफगानिस्तान र बङ्गलादेश समूह ‘बी’मा छन् । रासस
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












