महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान
रत्ननगर (चितवन), २६ मङ्सिर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ ।
रत्ननगर–१३ जयमङ्गलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा स्थानीय व्यवसायी भेषराज दुवाडीले रु १० लाख दान गर्नुभएको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजकसमेत रहनुभएका दुवाडीले पुण्य कामका लागि आफूले सो रकम दान गरेको बताउनुभयो ।
श्रीराम मन्दिर परिसरमा संस्कृत विद्यापीठ बनाउने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा शनिबारसम्म रु ३७ लाख २४ हजार ६५० आर्थिक सङ्कलन भएको छ ।
रत्ननगर–१३ निवासी लक्ष्मीप्रसाद कट्टेलले रु एक लाख ५१, नरराज सुवेदीले रु एक लाख ११ हजार, श्यामकृष्ण बगालेले रु एक लाख ११ हजार, रामप्रसाद भट्टराईले रु एक लाख एक हजार र दयाराम कँडेलले रु एक लाख एक हजार सहयोग गर्नुभएको छ ।
वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म विस्तार, गुरुकुलमका लागि छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागि महायज्ञ आयोजना गरिएको हो ।
छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागिसमेत महायज्ञबाट आएको रकम खर्चिने छ ।
महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले कथावाचन गरिरहनुभएको छ । मङ्सिर २९ गतेसम्म चल्ने महायज्ञबाट रु एक करोड उठाउने लक्ष्य राखिएको छ । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












