बालोन डि’ओर जितेपछि रोनाल्डोले भने– मैले सपनामा पनि सोचेको थिइनँ
काठमाडौं, मंसिर २८ (एजेन्सी)
चौथो पटक फ्रान्सको सर्वोत्कृष्ट फुटबल अवार्ड ‘बालोन डि’ओर’ जितेपछि रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सपना फेरि पुरा भएको प्रतिक्रिया दिएका छन्।
उनले सोमबार राति सम्पन्न अवार्ड समारोहलाई भिडियोमार्फत सम्बोधन गर्ने क्रममा आफूलाई पहिलो अवार्ड जितेसरह भएको बताए। ३१ वर्षीय रोनाल्डोले आफ्ना फुटबल प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै ‘बालोन डि’ओर’ मा कब्जा जमाएका हुन्।
रोनाल्डोलाई गत सिजन सर्वाधिक ५१ गोल, रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउदा एट्लेटिको म्याड्रिडविरूद्ध फाइनलमा पेनाल्टी गोल र यस वर्ष देशलाई पहिलो युरो कप जिताएको कारण फ्रान्सको सर्वोत्कृष्ट अवार्डबाट सम्मानित गरिएको बताइएको छ।
उनले सपनामा पनि आफूले चार पल्ट यो पुरस्कार जित्छु भन्ने नलागेको बताए। ‘म अत्यन्त खुसी छु। यो अवसरमा म्याड्रिडका आफ्ना समकक्षी खेलाडी, राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक, समर्थक सबैलाई धन्यबाद भन्न चाहन्छु।’ उनले यो अवार्ड जित्ने सबै खेलाडीको सपना हुने गरेका कारण आफू कति खुसी भएको सहजै अनुमान लगाउन सकिने बताए।
‘म धेरै खुसी छु,’ रोनाल्डोले भने।
सन् २०१० देखि विश्व फुटबल महासंघ (फिफा) सँग संयुक्त रूपमा प्रदान गरिने यो पुरस्कारसँग फिफाको सम्झौता यसै वर्ष रद्ध भएको थियो। रोनाल्डोले रियल म्याड्रिडबाट तेस्रो पल्ट पुरस्कार जितेका हुन्। सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा हुँदा उनले पहिलो पल्ट यो अवार्ड जितेका थिए।
म्याड्रिड आगमनपछि उनले सन् २०१३ र २०१४ मा ‘बालोन डि’ओर’ जितेका थिए।
‘बालोन डि‘ओर’ अवार्ड सन् १९५६ देखि प्रदान गर्न सुरु गरिएको हो। यो अवार्ड जित्ने पहिलो खेलाडी इङ्ल्यान्डको ब्ल्याकपुल (हालको लिभरपुल) का स्टेनले म्याथ्युस थिए। सन् १९९४ सम्म यो अवार्ड युरोपकै खेलाडीले जित्दै आइरहेका थिए। तर, यसको क्रम भंग एसी मिलानका लिबियन स्ट्राइकर जर्ज वेहाले गरेका थिए। उनी युरोपभन्दा बाहिरको खेलाडीको रूपमा यो अवार्ड जित्ने पहिलो खेलाडी हुन्।
सेप ब्लाटरको कार्यकालमा सन् २०१० देखि यो पुरस्कारलाई फिफा वर्ष खेलाडीको रूपमा प्रदान गर्दै आइरहेको थियो। ब्लाटर भ्रष्टाचारको मुद्दामा मुछिएपछि यसै वर्षदेखि फिफाले फ्रेन्च फुटबलसँगको सम्झौता रद्ध गरेको थियो।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












