भूकम्पको बीस महिनासम्म टहरोको वास
मेलम्ची, २० पुस । भूकम्पले घर भत्किएपछि अहिलेसम्म अधिकांश पीडितको रात कटाउने थलो भनेको टहरो र त्रिपाल नै बनेको छ ।
सिन्धुपाल्चोक जिल्लाको अधिकांश र विभिन्न ठाउँमा भाडामा बस्ने तथा घर भत्किएपछि भूकम्पपीडित गत वर्षजस्तै यसवर्ष पनि टहारामा चिसो काट्न बाध्य छन् ।
भूकम्पमा घर भत्किएपछि फटकशिलाका सुदिप घोरासैनीको परिवार अहिलेसम्म पनि पालमा नै छन् ।
सुत्केरी भएकी श्रीमती र बच्चालाई चिसोबाट जोगाउन उनलाई हम्मेहम्मे परेको छ । चिसोे कारण बच्चा र सुत्केरी श्रीमतीलाई निमोनिया तथा चिसोबाट लाग्ने विभिन्न रोगबाट बचाउन मुस्किल परेको गुनासो पोख्छन् ।
भूइँको बास चिसोले अत्याधिक मार खेपेका पीडितसमक्ष भने अहिलेसम्म राज्यको आँखा पुग्न नसकेको भोटेचौर गाविस डाँडागाउँका रमेश चौलागाईँ बताउनुहन्छ ।
सरकारले दसैँको मुखमा बाँडेको रु ५० हजारले गाविसका अधिकांशले दसैँ खर्च चलाएको भन्दै चौलागाईंले सरकारले एकमुष्ट रकम उपल्ब्ध नगराएसम्म पीडितले स्थायी आवास पुनःनिर्माण गर्न नसक्ने बताउनुभयो ।
भूकम्पबाट विस्तापित भएर जिल्लाका अधिकांश वासिन्दा राजधानी गएका छन् । थातथलो मेटिएपछि शरण लिनका लागि राजधानी पुगेकी मेलम्ची नगरपालिका–१२ की गीता दाहालसहितको परिवार राजधानीको चुच्चेपार्टीमा बस्दै आएकी छन् ।
एउटा सानो रोजगारी पाएकी दाहाल आफ्नो सन्तानलाई शिक्षा दिनको लागि तथा गाउँमा बस्न घर नभएपछि राजधानीमा कोठामा बस्दै आएको बताउँछिन् ।
त्यस्तै हिमाली क्षेत्र भोटेनाम्लाङकी सम्झना भट्टराई पालमा बस्दै आएको २० महिना बितिसक्दा पनि घाम र पानीको कारण च्यातिएको त्रिपाल र टिनको छानामुनि जाडोको हावा छिर्ने तथा शीत पर्नै हँुदा निकै कठिन भएको गुनासो गर्नुहुन्छ ।
आर्थिक स्थिति बलियो हुनेले भने सरकारको अनुदानबाहेक नै घर बनाएको भए पनि धेरैजसो न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन् ।
पहिलो किस्ताको रकमले घर बनाउनको लागि निर्माण गरिने जग समेत बनाउन पर्याप्त नहुने पीडितको गुनासो छ । कतिले भने दसँैंको समयमा अनुदानको पहिलो किस्ताको रकम दिएकाले दसैँ खर्चको रुपममा अनुदानको रकम प्रयोग गरेकाले समेत अहिले आवास निर्माण हुन नसकेको बताउँदै आएका छन् ।
सरकारको अनुदानबाट आवास निर्माण गर्न नसकिने भएपछि अहिले जिल्लाको विभिन्न गाविसका भूकम्पपीडितले ऋण गरेरै भए पनि दिनरात खटेर भूकम्प प्रतिरोधात्मक घर बनाउनका लागि परेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।
Comments
अरु समाचार
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...
-
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका...
-
चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको...
-
पहाडी क्षेत्रमा मध्यम वर्षा, कैलाली-कञ्चनपुरमा तातो हावा चल्ने
काठमाडौं । आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले वर्षा भएको...
-
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...












