माओवादी एक नभए पतनको खतरा !
तीस वर्ष लामो राजनीतिक सहयात्राको इतिहास बोकेका डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध विच्छेदको विषयले १६ महिना अघि निकै चर्चा पाएको थियो । लामो समय एउटै पार्टीमा रहेर जनयुद्ध लड्दै त्यसबाट प्राप्त उपलब्धि संस्थागत हुन नपाउदै उनीहरु छुट्टिए । फेरि पछिल्लो पटक एक कार्यक्रममा प्रचण्ड–बाबुरामले आफूहरु परिवर्तन संस्थागत गर्नकै लागि मिल्नुपर्ने आवश्यकता देखाएर मिल्ने संकेत गरे । तर, पछि बाबुराम आफैले आफ्नो फेसबुक पेज मार्फत त्यसको खण्डन गरेका छन् ।
यी दुई नेता द्वन्द्वकालमा पार्टीको विभिन्न कार्यक्रममा प्रायः एउटै ड्रेसमा उपस्थित हुन्थे । पार्टीभित्र अरुको तुलनामा यिनका गतिविधी माथि अलि बढि नै चर्चा हुन्थ्यो । शान्तिप्रकृया पश्चात् सार्वजानिक हुने क्रममा एउटै ड्रेस लगाएर सार्वजानिक भएका थिए । तत्कालीन समयमा त्यसले निकै चर्चा पायो । हुनत बाबुराम भन्दा अघि मातृका यादव र मोहन वैद्य समूहका नेताहरुले पार्टी विभाजन गरेर अलग भैसकेका थिए । तर, तिनको तुलनामा बाबुरामको पार्टी परित्यागको विषय धेरै चर्चा भयो ।
भट्टराईले पार्टीमा रहँदा, नेतृत्वले आफ्नालाई मात्र स्थान दिएको, नेतृत्व पूँजीवादमा फसेको, पदकोलागि नेतृत्वको चाकडी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै बेला बेलामा राजीनामा गर्ने गर्थे । अर्कोतर्फ कुनै बेला पार्टीको विभिन्न कार्यक्रमहरुमा आफ्नो नेता नै प्रचण्ड भएको र आपूm प्रचण्डमै बिलिन भैसकेको अभिव्यक्ति दिने भट्टराईले एक्कासी माओवादी पार्टी परित्याग गर्दा सबै आश्चर्यमा परे । हुन पनि हो, नेपाली राजनीतिमा लामो समयको सौर्र्हार्दपूर्ण सहयात्रा अन्य पार्टीका नेताहरुले गरेको इतिहास कमै छन् ।
अहिले माओवादी फुटले खासगरी परिवर्तन विरोधहरुको मनोबल बढेको छ । माओवादी भनेको नै प्रचण्ड हो र प्रचण्ड भनेको नै माओवादी हो भन्नेहरुलाई माओवादी बिरुद्ध नकारात्मक भ्रम फैलाउन र उनीहरुको बलमा भएका परिवर्तन संस्थागत हुन नदिन स्वयम् उनीहरुको विभाजनले मलजल पुगेको प्रष्ट देख्न सकिन्छ । अहिले इतिहासकै कमजोर अवस्थामा माओबादी नेतृत्व आईपुगेको तथ्य आम सर्वसाधारण, शुभ चिन्तक र कार्यकर्ताबाट लुकेको छैन ।
पछिल्लो समय विभिन्न पार्टीका नेताहरुले, कहिले संघीयता माओवादीलाई शान्तिप्रकृयामा ल्याउन मानिदिएको त कहिले संबिधानसभा माओवादीको एजेण्डा हो भन्दै, जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउन सक्ने संकेत समेत गरेका छन् । यस्ता अभिव्यक्तिबाट सहजै अनुमान लगाउन सकिन्छ । अझैपनि परिवर्तन विरोधहरु राजनीतिको केन्द्रमा छन् । राजनीतिक अवस्था आपूm अनुकुल हुनासाथ परिवर्तन उल्ट्याउन पछि पर्दैनन् उनीहरु ।
परिवर्तन विरोधीहरु एकजुट हुनु ,राजावादीहरुको सक्रियता र एकता बढ्नु,पूर्व राजाले देश र जनताको चिन्ता भन्दै विज्ञप्ति निकाल्नु ,गणतन्त्र खतरामा पर्ने संकेत हो । अहिले माओवादी स्थापित युद्ध मार्फत् भएका परिवर्तनहरु उल्ट्याउने गम्भीर सड्यन्त्र भैरहेको छ । विभिन्न नेताहरुबाट घुमाउरो पाराले धर्मनिरपेक्षता र संघीयताको विरोध गदै छन् । संघीयताकै कारण देश विभाजन हुन्छ भन्ने भ्रम छर्न केही नेताहरु लागि परेका छन् । अर्कोतर्फ पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाऔ भनेर पछाडी फर्कने प्रयास हुदैछ । यी परिवर्तन स्वीकार गर्न नसक्नेहरुले रचेको दाउ हो । परिवर्तन उल्ट्याउने षडयन्त्र हो ।
माओवादी विभाजित हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्य विप्लवको पनि कमजोरी थियो ।
युद्ध गरेर ल्याईएको उपलब्धि संस्थागत नहुँदै अलग भएर प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न सबै माओबादी नेताहरु मिल्नुको विकल्प छैन ।
अहिले माओवादीको इतिहासकै कमजोर अवस्थामा प्रचण्ड देशको प्रधानमन्त्री बनेका छन् । यो उनको लागि अन्तिम अवसर पनि हुनसक्छ । यदि यस कालमा उनले जनताको हितको लागि काम गर्न सकेनन् भने स्वयम् उनको राजनीतिक यात्राको मात्र होइन माओवादी इतिहासकै अवशान हुन् सक्छ । त्यसकारण दशवर्षे जनयुद्धको उपलब्धी, त्यसैको जगमा भएको मधेश आन्दोलन र त्यस पश्चात् भएका परिवर्तनहरु संस्थागत गर्न अब बाबुराम प्रचण्ड मात्र हैन, मोहन वैद्य र नेत्रविक्रम चन्द समेत एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












