राजनीतिक निकास खोज्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह
काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्य गर्दै राजनीतिक सहमति जुटाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । राजनीतिक गतिरोध अन्त्य गर्दै आगामी आइतवार बस्ने संसद बैठक सञ्चालनको उपयुक्त वातावरण बनाउन प्रधानमन्त्रीलाई सभामुखको बिशेष आग्रह थियो ।
प्रधानमन्त्रीलाई भेट्न राजधानीको वालुवाटारस्थित सरकारी निवास पुगेकी सभामुख घर्तीले सर्वोच्च अदालतको आदेशपछि सहमति उन्मुख भएको राजनीतिक गतिरोध निकासको उपयुक्त आधार तयार पार्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भएको हो ।
सहमतिका लागि पर्याप्त समय दिदै संसद बैठक ५ दिनका लागि स्थगित गराएको जानकारी गराउदै घर्तीले सत्ता नेतृत्वकर्ता दलको हैसियतमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुभएको हो । दलीय सहमति बिना विधेयक दर्तापछिको गतिरोध अन्त्य नहुने तर्फ सभामुखको बिशेष चासो रहेको उहाँको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री दाहालले राजनीतिक निकासका लागि सरकार गम्भीर रहेको बताउदै दलीय छलफललाई तिब्र बनाउने आश्वासन दिनुभएको थियो ।
आगामी आइतवारभित्रै सहमति जुटाउदै संसद सञ्चालनको वातावरण बनाउने दावी गर्दै उहाँले सहमतिका लागि सभामुखले जारी राख्नु भएको प्रयासको प्रशंसा गर्नुभएको थियो । सहमतिका लागि लचक बन्न आग्रह गर्दै सभामुख घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेतासँग हिजै छलफल गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...
-
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका...
-
चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको...
-
पहाडी क्षेत्रमा मध्यम वर्षा, कैलाली-कञ्चनपुरमा तातो हावा चल्ने
काठमाडौं । आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले वर्षा भएको...
-
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...












