‘दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता’
काठमाडौँ, २१ पुस । नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याउनु भएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज यहाँ शोकसभा आयोजना गरियो ।
मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो । अभिभावकले आफूलाई खाजाका लागि दिएको पैसाले किताब किनेर नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका दीक्षितले मदन पुस्तकालय र मदन पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।
शोकसभामा नेपाल प्रज्ञा¬–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता रहेको बताउनुभयो । प्रा डा कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।
आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको छ भन्नुभयो । साहित्यकार दीक्षितको एक साताअघि निधन भएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











