विश्वभरका शिख धर्मावलम्बीको चहलपहल पटनामा
कृष्णराज गौतम/ विजयकुमार महतो/पटना, २१ पुस । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ ।
गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता दिँदै विहार सरकारले मङ्गलबारदेखि राज्यमा तीनदिने र्सावजनिक बिदाको घोषणा गरेको छ । अहिले राजधानी पटनालाई बेहुली जस्तै सिँगारिएको छ ।
विश्वभरिबाट आएका शिख धर्मावलम्बी तथा शिख धर्ममा आस्था राख्नेका लागि सरकारले पटनाको गान्धी मैदानमा विशेष व्यवस्था मिलाएको छ । सोही कार्यक्रममा भाग लिन आउनुभएका नेपालको वीरगन्जस्थित गुरु नानक सेवा प्रतिष्ठान, शोध केन्द्रका अध्यक्ष जसपाल सिंहका अनुसार गान्धी मैदानमा गुरुग्रन्थको दर्शनको समेत व्यवस्था गरिएको छ ।
उत्सवमा विश्वभरिबाट आएका दश लाखभन्दा बढी भक्तालु तथा श्रद्धालुको भेला हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पाहुनाको खाने–बस्ने व्यवस्था विहार सरकार र स्थानीय हरमन्द्रर गुरुद्वारा प्रबन्धक कमिटीले मिलाएको छ । गान्धी मैदानमा गुरुले तत्कालीन समयमा धर्म रक्षाका लागि प्रयोग गरेका शस्त्र र उहाँले तयार पारेको ग्रन्थलाई सर्वसाधारणको दर्शनका लागि प्रदर्शनमा राखिएका छन् । गान्धी मैदानमा गुरुकालीन महल र उहाँले बनाएका विभिन्न दरबार तथा सम्बन्धित सामग्रीको प्रतिविम्ब झल्कने वस्तु सजाइएको छ ।
यही पुस १७ देखि २२ गतेसम्म विविध धार्मिक गतिविधि सञ्चालन हुने उक्त उत्सवको मुख्य कार्यक्रम बिहीबार गरिनेछ ।
समारोहमा सहभागी हुन नेपालबाट आउनुभएका सुबोधकुमार यादवले गोविन्दसिंहले नेपालको पूर्वी भेगस्थित सुनसरीको बराह क्षेत्रमा पुगेर मानवकल्याण तथा शान्ति स्थापनाका लागि विभिन्न गतिविधि गर्नुभएको जानकारी दिनुभयो । मुगल शासक औरङ्गन्जेबले हिन्दू मठ, मन्दिर तथा सम्पदामाथि आक्रमण गर्दा पीडित बनेका हिन्दू धर्मावलम्बीको संरक्षण र हिन्दू दर्शन जगेर्नाका लागि गोविन्दसिंहले सशस्त्र युद्ध गर्नुभएको बताइएको छ ।
शिखहरुका गुरु नानकले ईश्वर एक मात्र छन्, गरिबलाई नबिर्स, महिला पुरुष समान छन्, जङ्गलामा जाँदा मात्र ज्ञानोदय हुने होइन, अहङ्कार–रिस–लोभ– कामुकता र मोहबाट बच, आफ्नो गुरु आफैँ पत्ता लगाऊ, निःस्वार्थ बन, अन्धविश्वासविरुद्ध जुध, सरलता नै सौन्दर्य हो र घुमघाम गर भन्ने मुख्य सन्देश दिएका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












