असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी
काठमाडौँ, पुस २१ गते । तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उहाँका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।
सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ । सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ । डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ । सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ । यसले निर्धारित समयमा काम सम्पन्न हुने देखाएको छ ।
तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन समितिले निर्देशन दिएको छ । दुवाडी भन्नुहुन्छ, ‘ठेकेदारलाई पनि हामीले व्यवस्थापकीय क्षमतामा सुधार गर्न निर्देशन दिएको छौँ, उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने रहेछ, त्यसैले अहिले हामीले मौजुदा (जगेडा) उपकरण पनि लिएर राख्न भनेका छौँ । ’
हाल काम भइरहेको सिन्धु ग्याल्थुम खण्डमा कमजोर पहाड भएकाले ढिलो काम हुने हो कि भन्ने आशङ्का समितिलाई छ । कडाभन्दा कमलो चट्टानमा काम ढिला हुनेगर्छ । विस्फोट गर्दा कम चर्किने र माटो झरिहरने हँुदा काममा ढिलाइ हुनसक्छ । त्यस्तो अवस्था आइहाल्यो भने अलिकति पर सर्न सक्ने आँकलन दुवाडीको छ । उहाँ भन्नुहुन्छ, ‘प्राविधिक कठिनाइका कारण केही दिनपछि सर्ला तर हामी समयमै काम सक्दैछौँ र यसमा सबैको सहयोग पनि भइरहेको छ । ’ निर्माण कम्पनीसँग सन् २०१६ सप्टेम्बरसम्मको सम्झौता गरिएको थियो । काम सम्पन्न नभएपछि छ महिना थप गरियो । सुन्दरीजल र सिन्धु जोडिएपछि काममा निकै सहज भएकाले पनि समयमै सकिने बताइएको छ ।
सुरुङ निर्माणको कामसँगै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घरघरमा वितरणका लागि पाइप लाइनको काम पनि तीव्र पारिएको छ । उपआयोजना–२ अन्तर्गत पहिलो चरणको पाइपलाइन विस्तारको कार्य पनि सोही समय अगावै सम्पन्न गरिने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारअन्तर्गत ६७० किमि गर्नुपर्नेमा ४७० किमि सम्पन्न भएको छ ।
निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, ‘पहिलो चरणको पाइपलाइन विस्तारको काम आगामी सात महिनाभित्रै सकिन्छ, हामीले रातदिन गरेर पाइपलाइन विस्तारको काम गरेका छौँ, सबै निकायबाट सहयोग भएको छ समयमै सकिन्छ, हाल दैनिक एक किमि विस्तार भइरहेको छ । ’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हँुदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्र (ट्याङ्की) को निर्माण अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । ३३ किमि ठूलो पाइप बिछ्याइएको छ । मेलम्ची उपआयोजना २ अन्तर्गत दोस्रो चरणको पाइपलाई विस्तारमा थप सात सय किमि विस्तार गरिने छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमि सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












