असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी
काठमाडौँ, पुस २१ गते । तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उहाँका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।
सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ । सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ । डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ । सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ । यसले निर्धारित समयमा काम सम्पन्न हुने देखाएको छ ।
तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन समितिले निर्देशन दिएको छ । दुवाडी भन्नुहुन्छ, ‘ठेकेदारलाई पनि हामीले व्यवस्थापकीय क्षमतामा सुधार गर्न निर्देशन दिएको छौँ, उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने रहेछ, त्यसैले अहिले हामीले मौजुदा (जगेडा) उपकरण पनि लिएर राख्न भनेका छौँ । ’
हाल काम भइरहेको सिन्धु ग्याल्थुम खण्डमा कमजोर पहाड भएकाले ढिलो काम हुने हो कि भन्ने आशङ्का समितिलाई छ । कडाभन्दा कमलो चट्टानमा काम ढिला हुनेगर्छ । विस्फोट गर्दा कम चर्किने र माटो झरिहरने हँुदा काममा ढिलाइ हुनसक्छ । त्यस्तो अवस्था आइहाल्यो भने अलिकति पर सर्न सक्ने आँकलन दुवाडीको छ । उहाँ भन्नुहुन्छ, ‘प्राविधिक कठिनाइका कारण केही दिनपछि सर्ला तर हामी समयमै काम सक्दैछौँ र यसमा सबैको सहयोग पनि भइरहेको छ । ’ निर्माण कम्पनीसँग सन् २०१६ सप्टेम्बरसम्मको सम्झौता गरिएको थियो । काम सम्पन्न नभएपछि छ महिना थप गरियो । सुन्दरीजल र सिन्धु जोडिएपछि काममा निकै सहज भएकाले पनि समयमै सकिने बताइएको छ ।
सुरुङ निर्माणको कामसँगै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घरघरमा वितरणका लागि पाइप लाइनको काम पनि तीव्र पारिएको छ । उपआयोजना–२ अन्तर्गत पहिलो चरणको पाइपलाइन विस्तारको कार्य पनि सोही समय अगावै सम्पन्न गरिने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारअन्तर्गत ६७० किमि गर्नुपर्नेमा ४७० किमि सम्पन्न भएको छ ।
निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, ‘पहिलो चरणको पाइपलाइन विस्तारको काम आगामी सात महिनाभित्रै सकिन्छ, हामीले रातदिन गरेर पाइपलाइन विस्तारको काम गरेका छौँ, सबै निकायबाट सहयोग भएको छ समयमै सकिन्छ, हाल दैनिक एक किमि विस्तार भइरहेको छ । ’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हँुदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्र (ट्याङ्की) को निर्माण अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । ३३ किमि ठूलो पाइप बिछ्याइएको छ । मेलम्ची उपआयोजना २ अन्तर्गत दोस्रो चरणको पाइपलाई विस्तारमा थप सात सय किमि विस्तार गरिने छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमि सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












