अल्ट्रा म्याराथन धाविका मीरालाई रु २८ लाखसहित सम्मान
दमक २२ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा उनलाई २८ लाख रूपैयाँ नगदसहितको सम्मान गरेको हो । बिहिबार स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्तरुपमा मीरालाई उक्त सम्मान रकमको चेक हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनको सहयोगमा उक्त रकम जुटाइएको थियो । त्यसैगरी, सोही कार्यक्रममा मीरालाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई दुई लाख तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । तेक्वान्दो डोजाङका संस्थापक अध्यक्षसमेत रहेका पूर्वब्रिटिस आर्मी दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीले उनको आर्थिक पाटोमा सघाएको बताए। नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमासमेत उनी परेकी छन्। भोजपुर जिल्लाको सानोदुम्मा घर भएकी २६ वर्षीया मीरा शान्ति सम्झौतापछि माओवादी लडाकूबाट अयोग्य भएपछि एथ्लेटिक्समा लागेकी हुन्। काठमाडौँमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर दौड सुरु गरेकी उनले उक्त खेल क्षेत्रको अन्तर्राष्ट्रिय यात्रा भने इटलीबाट सुरु गरेकी हुन्। त्यसलगत्तै हङ्कङ र फ्रान्समा भएका अल्ट्रा म्याराथन पनि उनले जितेकी थिइन्। उनले पछिल्लोपटक फ्रान्समा ‘मोन्ट ब्लाङ्क’ नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन जितेपछि अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ बनाएकी हुन्।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












