एमालेको शक्ति प्रदर्शनमा कुनकुन दलको साथ ?
काठमाडौं, २२ पुस । प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गर्दैछन् ।
विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । शक्ति प्रदर्शनको ‘ट्रेलर’स्वरुप एमाले एक्लैले बिहीबार काठमाडौंमा हजारौंको मोटरसाइकल र्याली निकालेको थियो ।
जनप्रदर्शनमा एमालेसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी, मधेस समता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) सहभागी छन् । संसदमा नरहेको चुरेभावर राष्ट्रिय पार्टी (लोकतान्त्रिक)ले पनि विपक्षी सभालाई साथ दिएको छ ।
एमाले उपाध्यक्ष एवं ३ नम्बर प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले डेढ लाख जनता सडकमा आउने दाबी गरिन् । ‘हामीले एक लाख जनता आउँछन् भन्ने आंकलन गरेका थियौं,’ उनले भनिन्, ‘तर, पार्टीले पाएको प्रतिबद्धताका आधारमा डेढ लाख नाघ्ने निश्चित भयो ।’
एमालेले दुई दर्जनभन्दा बढी भ्रातृ र शुभेच्छुक संगठनलाई अनिवार्य सबै सदस्यलाई उपस्थित गराउन सर्कुलर गरेको थियो । काठमाडौं उपत्यकामा मात्रै एमालेका ५० हजार संगठित सदस्य छन् ।
जनप्रर्दशनमा आउनुअघि विपक्षी ९ दलले काठमाडौंका ९ मुख्य तथा ३२ सहायकसहित ४० ठाउँबाट जुलुस निकाल्दैछ ।
प्रदर्शनअघि विपक्षी दलले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गरेको थियो ।
एमाले सचिव योगेश भट्टराईले सभाका लागि ५ सय स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । विपक्षी दलको सभा भए पनि स्वयंसेवक भने एमाले एक्लैले तयार गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












