शान्तिको कामना गर्दागर्दै…

हामी भन्छौँ १२ बूँदे शान्ति सम्झौतापछि नेपालमा शान्ति आयो तर नेपालमा शान्ति आयो भनेको एक दशक बितिसक्दा पनि शान्ति आएकै छैन । १२ बूँदेपछि शसस्त्र युद्ध रोकियो, एकैचोटी ठूला आक्रमण हुन छोडे, दोहोरो भिडन्त हुन छोड्यो, सेनाका व्यारेक र पुलिसका चौकीहरूमा आक्रमण हुन छोड्यो तर कुनै न कुनै प्रकृयाबाट मानिस मर्ने क्रम निरन्तर चलिनै रहेछ । देशमा लोकतन्त्र आयो गणतन्त्र आयो तर त्यो नाम मात्रको भएर बसेको छ । राजाको ठाउँमा राष्ट्रपतिलाई राखियो उनले श्रीपेच लगाएनन् फरक त्यत्ति हो अहिलेको परिस्थितिलाई हेर्दा बरु राजतन्त्र नै ठीक लाग्छ । विगतलाई हेर्दा सबै राजा उस्तै नभए पनि कसैको पालामा त राम्रै विकास भएको पनि इतिहास छ । त्यतिबेला राजनीतिक दलहरू स्वतन्त्र थिएनन् उनीहरूलाई कतै न कतै त्रास हुने गरेको पाइन्छ । गणतन्त्र आएपछि राजनीतिक दलका नेताहरू पिँजराबाट उम्किएको सुगा जस्तै स्वतन्त्र भए र अहिलेसम्म पनि दलहरू बेलगामको घोडा जस्ता भएका छन् एकले अर्कोलाई नटेर्ने । उनीहरूमाथि खबरदारी गर्ने कुनै निकाय नै भएन । स्थिर सरकार हुने व्यवस्था भएन । लामो प्रयासपछि बल्ल बल्ल संविधान जारी भयो तर त्यो सर्व स्वीकार्य भएन । संविधान नबनुन्जेल त्यसैका लागि झगडा भयो संविधान बनेपछि पनि त्यसैका लागि झगडा हुनु दुर्भाग्य हो ।
संक्रमणकालिन अवस्थामा राष्ट्रिय सहमतिका साथ चल्नुपर्ने हो तर हाम्रा राजनीतिक दलहरूमा त्यो दुरदर्शीता पटक्कै पाइएन र पाइदैन पनि । दुबो जसरी मौलाउँदै गएको भ्रष्टाचारको जरा खोतलिन लागेको बेला अख्तियारका प्रमुख माथि नै महाअभियोग लगाइएको अवस्था त अनि फेरी त्यसलाई वार पार लगानउन नसक्ने पनि यिनै राजनीतिक दलहरू हुन् । संविधान बनेपछि शान्ति आउने आशामा बसेका नेपालीहरूको त्यो आसा पनि हावामै विलायो ।
बलत्कार, अपहरण, डकैति जस्ता हिंसात्मक घटना द्वन्दकालमा भन्दा बढी फैलाएका छन् । मानिसलाई नै बली दिने जस्ता क्रुरतापूर्ण कार्य हुन थालेका छन् । राजनीतिक दलको बलमा जस्तै अपराध गर्नेले उन्मुक्ति पाउने गरेका छन् जसले गर्दा असुरक्षा बढ्दो छ । राजनीतिक दलको खोल ओडेर गरिने आतंकवादले पनि उत्तिकै प्रश्रय पाएको छ । देशको स्वार्थमा भन्दा पार्टीको स्वार्थमा र पार्टीको स्वार्थमा भन्दा पनि व्यक्तिगत स्वार्थमा नेताहरू लागेका छन् जसले गर्दा राष्ट्रको स्तरोन्नती हुनै सकेको छैन । राज्यको विकास हुनको लागि पहिले राजनीतिक स्थितरताको आवश्यकता पर्दछ अनि मात्रै आर्थिक अवस्थाले सुधारिने अवसर पाउँछ तर नेपालको राजनीतिमा सुधार आउने छाँटकाट कहिल्यै देखिँदैन । सरकार बनाउने र लडाउने खेल निरन्तर चलिहरेछ । यसलाई निर्मूल पार्नको लागि अब संविधान कार्यान्वयनमा लाग्नु अनिवार्य छ । संघीयताले अहिले देशमा आगो बलिरहेको अबस्था छ । यसको छिनोफानो नलागेसम्म निर्वाचनमा मुलक जान सक्ने अवस्था देखिँदैन र निर्वाचनमा गएर नयाँ व्यवस्था नभएसम्म देशमा शान्ति आउने आशा गर्नु व्यर्थ हुने छ ।
Comments
अरु समाचार
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...
-
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका...
-
चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको...
-
पहाडी क्षेत्रमा मध्यम वर्षा, कैलाली-कञ्चनपुरमा तातो हावा चल्ने
काठमाडौं । आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले वर्षा भएको...
-
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...












