“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफैंलाई बिर्सनुजस्तै हो”

काठमाडौँ, २२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफँैले आफँैलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ ।
राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था विषयक विचार गोष्ठीमा सहभागि वक्ताले बाइसाँै÷ चौबिसौँको सङ्ख्यामा रहेका राज्यलाई अग्रेजबाट बचाउन उहाँकै नेतृत्वमा नेपालको भौगोलिक एकिकरण भएको घटनालाई कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो ।
जनआन्दोलन २०६२/६३ क्रममा राष्ट्रनिर्माताको सालिकमा तोडफोड गर्नेजस्ता अनादर काम गरेकोमा अहिले उनीहरुले पश्यताप गरेका छन्, भन्दै उनीहरुले अहिले उठेका जातीय नाराले पृथ्वीको मानमर्दन मात्रै होइन, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताको पाटोलाई ओझेलमा पारेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्व सूचना तथा सञ्चारमन्त्री श्रीशम्शेर राणाले पछिल्लो समय केही राजनीतिक दलले राष्ट्रनिर्माताको योगदान र इतिहासलाई नै समाप्त पार्ने खेल गरिरहेको बताउनुभयो ।
राप्रपाका सहायक महामन्त्री मीरा राणाले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई अपराजयको कोटीमा राख्न राष्ट्रनिर्माताले पु¥याएको योगदानप्रति सबै नेपालीले गौरव गर्न आवश्यक छ भन्नुभयो ।
मूलसमारोह समितिका उपाध्यक्ष शङ्करप्रसाद पौडेल, पूर्व सहायकरथी दीगम्बर शम्शेर राणा, समासेवी मथुरामोहन श्रेष्ठलगायतले राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय बिदाको घोषणा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
विस १९७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकिकरण गरेका थिए । रासस
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा...












