“राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफैंलाई बिर्सनुजस्तै हो”

काठमाडौँ, २२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफँैले आफँैलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ ।
राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था विषयक विचार गोष्ठीमा सहभागि वक्ताले बाइसाँै÷ चौबिसौँको सङ्ख्यामा रहेका राज्यलाई अग्रेजबाट बचाउन उहाँकै नेतृत्वमा नेपालको भौगोलिक एकिकरण भएको घटनालाई कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो ।
जनआन्दोलन २०६२/६३ क्रममा राष्ट्रनिर्माताको सालिकमा तोडफोड गर्नेजस्ता अनादर काम गरेकोमा अहिले उनीहरुले पश्यताप गरेका छन्, भन्दै उनीहरुले अहिले उठेका जातीय नाराले पृथ्वीको मानमर्दन मात्रै होइन, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताको पाटोलाई ओझेलमा पारेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्व सूचना तथा सञ्चारमन्त्री श्रीशम्शेर राणाले पछिल्लो समय केही राजनीतिक दलले राष्ट्रनिर्माताको योगदान र इतिहासलाई नै समाप्त पार्ने खेल गरिरहेको बताउनुभयो ।
राप्रपाका सहायक महामन्त्री मीरा राणाले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई अपराजयको कोटीमा राख्न राष्ट्रनिर्माताले पु¥याएको योगदानप्रति सबै नेपालीले गौरव गर्न आवश्यक छ भन्नुभयो ।
मूलसमारोह समितिका उपाध्यक्ष शङ्करप्रसाद पौडेल, पूर्व सहायकरथी दीगम्बर शम्शेर राणा, समासेवी मथुरामोहन श्रेष्ठलगायतले राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय बिदाको घोषणा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
विस १९७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकिकरण गरेका थिए । रासस
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











