म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको चौथो चरणमा
काठमाडौं २४ पुस । कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।
खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै एकै खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । ४४ बर्षीय सर बबी चार्लटोन, आफ्नै कीर्तिमान रुनीले बराबरी गरेको हेरिरहेका थिए ।
एन्थोनी मार्सलले गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई दुई शून्यको अग्रता दिलाए । मार्कोस रासफोर्डले बाँकी दुई गोल गरे ।
यता खेलको अन्तिम मिनेटमा ओलिभर जिरोडले गोल गरेपछि आर्सनलले पनि प्रिस्टोन नर्थलाई २-१ ले हराउँदै एफए कपको चौथो चरणको यात्रा तय गर्यो ।
सातौं मिनेटमै रोविन्सनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली प्रिस्टोनले दोस्रो हाफमा पनि त्यही लयलाई कायम राख्न सकेन ।
दोस्रो हाफको सुरुमै एरोन राम्सेले आर्सनलका लागि बराबरी गोल गरे । खेल सकिनु एक मिनेटअघि जिरोर्डले आर्सनललाई महत्वपूर्ण जित दिलाए ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












