नेपाली चार क्रिकेट खेलाडी लाखमा बिक्री
काठमाडौं, २४ पुस । कैलालीमा चैतमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरिएको छ । नेपालमै पहिलोपटक अक्सनमार्फत डिपिएलमा सहभागी ६ टोलीले खेलाडी किनेका छन् । शनिबार काठमाडौंको होटल याक एन्ड यतीमा साढे ६ घन्टासम्म अक्सन प्रक्रिया चलेको थियो ।
चार खेलाडीमा आकर्षण
अक्सनमा चार खेलाडी एक लाखमा बिक्री भएका छन् । पहिलो श्रेणीका खेलाडी सागर पुनलाई कन्चनपुर आइकोनिकले एक लाखमा किनेको छ । अन्य तीन टोलीले पनि सागरलाई लाखमा किन्ने दाबी गरेपछि कन्चनपुरले गोलाप्रथामा बाजी मार्यो । लाखमा बिक्री भएका अर्का खेलाडी हुन् अलराउन्डर मेहबुब आलम । आलमलाई सिवाइसी अत्तरियाले १ लाखमा किन्यो । अत्तरियाले तीव्र गतिका बलर करण केसीलाई पनि लाखमा किनेको छ । करणलाई अन्य दुई टोलीले दाबी गरे पनि अत्तरियाले गोलाप्रथा जित्यो । अक्सनमा सबैभन्दा बढी चासो तीव्र गतिका बलर सोमपाल कामीमाथि रह्यो । कामीलाई टिम चौराहाबाहेक अन्य पाँच टोलीले १ लाखमा भित्राउन चाहेका थिए । तर, काठमाडौं गोल्डेन्सले गोलाप्रथामार्फत सोमपाललाई भित्राउन सफल भयो ।
कञ्चनपुर बढी खर्च गर्ने टोली
कञ्चनपुरले कप्तानसहित १५ खेलाडी राख्न तोकिएको अधिकतम मूल्य ८ लाख ५० हजार खर्च गरेको छ । कञ्चनपुरले सागर पुनलाई १ लाखमा किन्दा अविनाश कर्ण, सुनील धमला र सिद्धान्त लोहनीमाथि समान ८० हजार रुपैयाँ खर्च गर्यो । सबैभन्दा कम खर्च गर्ने टोली विराटनगर किंग्स बन्यो । विराटनगरले तोकिएको भन्दा १ लाख ५० हजार कम खर्च गर्ने क्रममा सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीलाई ८० हजारमा किन्यो ।
९० खेलाडी छानिए
शनिबार भएको अक्सनमार्फत ९० जना खेलाडी डिपिएलमा छनोट भएका छन् । प्रत्येक टोलीले कप्तानसहित १५ जना खेलाडी भित्राएका छन् । अक्सनमा भाग लिन २ सय ५० खेलाडीले नाम दर्ता गराएका थिए । जसमध्ये २ सय १७ खेलाडी मात्र अक्सनमा भाग लिन योग्य ठहरिएका थिए । अक्सनमा सहभागी खेलाडीलाई चार समूहमा वर्गीकरण गरिएको थियो । पहिलो श्रेणीमा परेकामध्ये दुई खेलाडी भने बिक्री भएनन् । पहिलो श्रेणीका महेश क्षेत्री र परेश लोहनीलाई कुनै पनि टोलीले चासो देखाएनन् । अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम १ लाख, दोस्रो श्रेणेीका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ८० हजार, तेस्रो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य ६० हजार तथा चौथो श्रेणीका खेलाडीको न्यूनतम मूल्य २० हजार अधिकत मूल्य ४० हजार राखिएको थियो ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












