बाक्लो हिमपातबाट एघार गाविसको आवतजावत ठप्प
बाजुरा, २४ पुस । शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।
शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य÷अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो ।
पोरखे लेकमा पाँचदेखि छ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । उहाँले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भेंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिनुभयो ।
जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् ।
जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् ।
यसैबीच पानी परेपछि भने किसान खुसी भएका छन् । लगाइएको गहुँखेती राम्रो हुने भन्दै उनीहरुको अनुहारमा खुसी देखिएको छ । लामो समयको खडेरीले जिल्लाको वाइ गाविसमा तीन खेती नलगाएर खेत बाँझै राखिएको थियो ।
बाह्रबीस गाविस पूर्ण खोपमुक्त
बाह्रबीस गाविस आठाँै पूर्ण खोपमुक्त घोषणा भएको छ । गाविसमा जन्मेदेखि अढाइ वर्षमुनिका बालबालिकाले सबै किसिमका खोप पाएपछि पूर्ण खोपमुक्त घोषणा भएको बाह्रबीस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावलले बताउनुभयो ।
गाविसमा रहेका तीन सय ६५ बालबालिकले खोप लगाएका छन् । बाह्रबीस गाविस र स्वास्थ्य चौकीको आायोजना र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा उक्त गाविसलाई पूर्ण खोपमुक्त घोषणा गरिएको हो । गाविसलाई पूर्ण खोपमुक्त घोषणा गर्नका लागि सहयोग गर्ने एक सय एक जनालाई सम्मान पनि गरिएको छ ।
‘यसभन्दा पहिले कुल्देवमान्डौँ कोल्टी, डोगडी, कैलाशमान्डाँै, लगायत गाविस पूर्ण खोपमुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभयो ।
बडिमालिकाको बजेट रु १० करोड
आव ०७४/७५ का लागि बडिमालिका नगरपालिकाको बजेट रु १० करोड ६० लाख ३४ हजार चार सय पारित भएको छ ।
कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बजेटमा नगरपालिकाको भवन निर्माण, विकास पूर्वाधार, सीपमूलक कार्यक्रम, लोकसेवा तयारी कक्षा, खानेपानी, सामुदायिक भवन निर्माण, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारसम्बन्धी आयोजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
बजेटमा ‘सबैको रहर समृद्ध बडिमालिका नगर’ कार्यक्रम पनि राखिएको छ । त्यस्तै स्थानीयस्तरका सञ्चारमाध्यमको संस्थागत विकास गर्न, पत्रकारका क्षमता अभिवृिद्ध गर्न तथा हरेक वर्ष जिल्ला र राष्ट्रियस्तरका पत्रकारको सम्मानका लागि बडिमालिका पत्रकारिता पुरस्कार पनि स्थापना गरिने बजेटमा उल्लेख छ ।
नगरपरिषद्ले स्वास्थ्य, शिक्षा, खानेपानी सञ्चार, सडक विद्युत्लगायत क्षेत्रमा बढी रकम विनियोजन गरिएको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












