जाजरकोटका विद्यालयमा वितरण गरेको दिवा खाजा गुणस्तरहिन
२४ पुस । जाजरकोट जिल्लामा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीका लागि दिएको दिवा खाजा पौष्टिक आहार गुणस्तरहिन भेटिएको छ । जिल्लाका विभिन्न विद्यालयमा वितरण गरेको पौष्टिक आहार तितो भएर विद्यार्थीले खाना लायक नभएपछि खान छाडेका छन ।
१८ गाविसका प्रावि तथा निमाविमा अध्ययनरत ३४ हजार विद्यार्थी लाई वितरण गरिएको पौष्टिक आहार तीतो भएपछि खान छोडेको हिमालय प्रावी खगेनकोट मंसिरी जाजरकोटका वालशिक्षका शिक्षीका मनिशा सिहले वताइन । तितो भएको पौष्टिक आहार पकाएर खादा पनि तितो भए पछि विद्यार्थीहरुले खाना छाडेको शिक्षीका सिंहको भनाई छ । पौष्टिक आहार खाए पछि विद्यार्थीहरुले वान्ता गरेकोले पौष्टिक आहार गुणस्तरहिन भएको शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटमा जानकारी गराउदा पनि कुनै सुनवाई नभएको विद्यालयले जनाएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरित पौष्टिक आहार तितो भएको गुनासो आएपछि आपूm खादा पनि तितो भएको पत्रकार हेमन्त केसीले वताए । दिवा खाजा पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले पेट दुख्ने वान्ता हुने गरेको वताउने गरेको पत्रकार केसीले वताए ।
जिल्लाको आट वटा गोदामबाट वितरण गरिएको पौष्टिक आहारमा कतै पनि समस्या नभएको रविन्द्र सिह भण्डारीले दावी गरेका छन । जिल्लाका २६ वटा विद्यालयका खाजा वनाउने मान्छेको तालीम संचालन गर्दा सवैले खादा त्यस्तो नभेटिएको भण्डारीले वताए । जिल्लाका २६ वटा वाल विकास केन्द्र, १६६ वटा प्राथमिक विद्यालय ,४६ निम्न माध्यामिक विद्यालय गरि २३१ विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिएको छ ।
विद्यार्थी हरुका लागी वितरण गरिएको दिवा खाजा पौष्टिक आहार तितो भएर खाना नमिल्ने गुनासो आए पछि जिल्ला शिक्षा कार्यालय जाजरकोट र शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटका प्रतिनिधीहरु लाई सम्बन्धीत विद्यालयमा गएर केभएको हो त्यसका वारेमा यर्थात रिपोर्ट तुरुन्त जानकारी गराउन निर्देशन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम काटमाण्डौका निर्देशक विष्णु वहादुर द्वारेले जानकारी दिए । प्रारम्भीक रिपोर्ट पछि त्यसका वारेमा थप अनसन्धान गरिने निर्देशक द्वारेले वताए । वितरण गरिएको पौष्टिक आहार तितो छ भन्ने गुनासो आएपछि ३ महिना अगाडी जिल्ला वाट सेम्पल लिएर शिक्षाका लागि खाद्य कार्यक्रम मार्फत ल्याप टेष्ट गर्दा खाना योग्य छ भने पछि विद्यालयहरुमा खुवाउन थालीएको निर्देशक द्धवारले जानकारी दिए । मिनरल्स वढि हुदा पनि तितो हुने भन्दै विद्यार्थी लाई खुवाउदा कुनै समस्या नहुने उनले वताए । पौष्टिक आहारले नभइ गाउँ घरमा अन्य कुनै कारणले विद्यार्थीलाई वान्ता गर्ने तथा उनिहरुको पेट दुख्ने हुन सक्ने द्वारको दावी छ ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले स्रोत ब्यक्ति योगेन्द्र आरसी , ज्ञानेन्द्र वहादुर सिंह , पौष्टिक आहारका खरिदार जय वहादुर वलि र प्रताप हमाल लाई सम्बन्धीत विद्यालयमो आइतवार नै पठाईने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












