जाजरकोटका विद्यालयमा वितरण गरेको दिवा खाजा गुणस्तरहिन
२४ पुस । जाजरकोट जिल्लामा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीका लागि दिएको दिवा खाजा पौष्टिक आहार गुणस्तरहिन भेटिएको छ । जिल्लाका विभिन्न विद्यालयमा वितरण गरेको पौष्टिक आहार तितो भएर विद्यार्थीले खाना लायक नभएपछि खान छाडेका छन ।
१८ गाविसका प्रावि तथा निमाविमा अध्ययनरत ३४ हजार विद्यार्थी लाई वितरण गरिएको पौष्टिक आहार तीतो भएपछि खान छोडेको हिमालय प्रावी खगेनकोट मंसिरी जाजरकोटका वालशिक्षका शिक्षीका मनिशा सिहले वताइन । तितो भएको पौष्टिक आहार पकाएर खादा पनि तितो भए पछि विद्यार्थीहरुले खाना छाडेको शिक्षीका सिंहको भनाई छ । पौष्टिक आहार खाए पछि विद्यार्थीहरुले वान्ता गरेकोले पौष्टिक आहार गुणस्तरहिन भएको शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटमा जानकारी गराउदा पनि कुनै सुनवाई नभएको विद्यालयले जनाएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरित पौष्टिक आहार तितो भएको गुनासो आएपछि आपूm खादा पनि तितो भएको पत्रकार हेमन्त केसीले वताए । दिवा खाजा पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले पेट दुख्ने वान्ता हुने गरेको वताउने गरेको पत्रकार केसीले वताए ।
जिल्लाको आट वटा गोदामबाट वितरण गरिएको पौष्टिक आहारमा कतै पनि समस्या नभएको रविन्द्र सिह भण्डारीले दावी गरेका छन । जिल्लाका २६ वटा विद्यालयका खाजा वनाउने मान्छेको तालीम संचालन गर्दा सवैले खादा त्यस्तो नभेटिएको भण्डारीले वताए । जिल्लाका २६ वटा वाल विकास केन्द्र, १६६ वटा प्राथमिक विद्यालय ,४६ निम्न माध्यामिक विद्यालय गरि २३१ विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिएको छ ।
विद्यार्थी हरुका लागी वितरण गरिएको दिवा खाजा पौष्टिक आहार तितो भएर खाना नमिल्ने गुनासो आए पछि जिल्ला शिक्षा कार्यालय जाजरकोट र शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटका प्रतिनिधीहरु लाई सम्बन्धीत विद्यालयमा गएर केभएको हो त्यसका वारेमा यर्थात रिपोर्ट तुरुन्त जानकारी गराउन निर्देशन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम काटमाण्डौका निर्देशक विष्णु वहादुर द्वारेले जानकारी दिए । प्रारम्भीक रिपोर्ट पछि त्यसका वारेमा थप अनसन्धान गरिने निर्देशक द्वारेले वताए । वितरण गरिएको पौष्टिक आहार तितो छ भन्ने गुनासो आएपछि ३ महिना अगाडी जिल्ला वाट सेम्पल लिएर शिक्षाका लागि खाद्य कार्यक्रम मार्फत ल्याप टेष्ट गर्दा खाना योग्य छ भने पछि विद्यालयहरुमा खुवाउन थालीएको निर्देशक द्धवारले जानकारी दिए । मिनरल्स वढि हुदा पनि तितो हुने भन्दै विद्यार्थी लाई खुवाउदा कुनै समस्या नहुने उनले वताए । पौष्टिक आहारले नभइ गाउँ घरमा अन्य कुनै कारणले विद्यार्थीलाई वान्ता गर्ने तथा उनिहरुको पेट दुख्ने हुन सक्ने द्वारको दावी छ ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले स्रोत ब्यक्ति योगेन्द्र आरसी , ज्ञानेन्द्र वहादुर सिंह , पौष्टिक आहारका खरिदार जय वहादुर वलि र प्रताप हमाल लाई सम्बन्धीत विद्यालयमो आइतवार नै पठाईने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











