सामाजिक सञ्जालमार्फत आएका उजुरी अध्ययन गरी कारबाही अभियनमा प्रहरी

काठमाडौँ, २४ पुस ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ ।
ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही थालिएको हो । लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभाबी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने निजी तथा सरकारी साधनको तस्बिर खिंचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउनेबित्तिकै महाशाखाले उक्त सवारीधनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरेका छौँ ।” उहाँले दैनिक पाँचदेखि सात वटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीमाथि कारबाही गरिएको बताउनुभयो । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई रु एक हजार जरिवाना गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











