एक दर्जन बढी गाविसमा पानीको हाहाकार

गौशाला, २५ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ ।
विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् ।
ढुङ्गा र चट्टानयुक्त भौगोलिक स्थितिका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेको र विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार पनि सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको बेलगाछीका काशी महतोले बताउनुभयो ।
सयौँ इनार एकैचोटी सुक्दा त्यस क्षेत्रमा खानेपानीको समस्या विकराल भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निकै समय खर्चिनु परेको लक्ष्मीनियाँका शङ्कर महतोले बताउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एक सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनुपरेको गौशालाका हजारी साहले बताउनुभयो ।
खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने सातामा दुई÷तीनपटक मात्रै गर्ने गरेका छन् ।
ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पुरानो भएर सञ्चालन नहुँदा स्थानीयवासी पानी जोहोका लागि छिमेकी जिल्लाको धनुषा बजार र सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र इनारमा जानुपरेको पशुपति नगरका वीरेन्द्र महतोले बताउनुभयो ।
हिउँदकै बेला त्यस क्षेत्रका दर्जनौँ गाविसमा पानीको अभाव भएपछि चिन्तित भएका स्थानीयवासीले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












