विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक
काठमाडौँ, २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान संशोधन गरेर निर्वाचनमा जान राजनीतिक समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्वाचनको मिति घोषणा गर्न परिमार्जन गर्नुपरे पनि आवश्यक छलफल गर्न सकिन्छ ।”
जनताको आवश्यकतालाई हेरेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिक दलहरुबीचको सम्झौताको दस्तावेज संविधान भएकाले संविधान संशोधनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
नेता गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नै सहमतिमा बनेको संविधानलाई कुल्चन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – “कुनै पनि संविधान सर्वस्वीकार्य नहुने हुँदा समय र परिस्थितिअनुसार परिमार्जन गर्न सकिन्छ ।”
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले संसद्मा टेबुल भएको विधेयक अलोकतान्त्रिक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रुपान्तरित संसद्लाई प्रदेशको सीमाङ्कनको अधिकार छैन कसरी सीमाङ्कनको हेरफेरको कुरा आयो ?”
मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले संसद्मा दर्ता भएको विधेयकले दलहरुबीच सहमतिको ढोका खोलेको बताउनुभयो । उहाँले संसद्मा दर्ता भएको विधेयकलाई परिमार्जन गरे मधेसी दलले सहयोग गर्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












