सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको प्रधानमन्त्रीको दाबी
चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भन्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो” उहाँले थप्नुभयो – “हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”
बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उहाँले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”
एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उहाँले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताउनुभयो ।
अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो । गृहमन्त्री अर्काे कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भन्नुभएको पनि उहाँले बताउनुभयो ।
दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उहाँले बताउनुभयो । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताउनुभयो ।
अर्काे फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बीचैमा आफूले नछाड्ने बताउनुभयो । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उहाँले भन्नुभयो–“महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।”
आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उहाँले भन्नुभयो – “मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै थाप्लेजुङको पाथीभरासम्म गएको छु ।”
उहाँ आजबाट यहाँ सुरु भएको चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन आउनुभएको हो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












