धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्ती निर्माणको शिलान्यास

महोत्तरी २६ पुस । हास्य कलाकारको टोलीले सोमबार बर्दिबास–२ स्थित ‘एकीकृत नमुना मुसहर बस्ती’ शिलान्यास गरेको छ । महजोडी, धुर्मुस–सुन्तली, किरण केसी, जितु नेपाललगायत दर्जनभन्दा बढी कलाकारले एकैसाथ घरको जगमा इँटा राखेर निर्माण कार्य शुभारम्भ गरेका हुन् ।
दलित समुदाय मुसहरको जीवनस्तर उकास्ने यो प्रयास धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको प्रेरक र महत्त्वाकांक्षी अभियान रहेको भन्दै महजोडीले प्रशंसा गरे । मदनकृष्ण श्रेष्ठको टिप्पणी थियो, ‘कलाकारले सुरु गरेको यो प्रयास नेताहरूका लागि ‘च्यालेन्ज’ हो ।’
हरिवंश आचार्यले मधेसको सबैभन्दा दलित मानिने मुसहर बस्तीमा सुरु यो अभियान राष्ट्रिय एकताको प्रतीक रहेको धारणा राखे । अभियानकर्ता दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यो अभियान मानवता र सद्भावका लागि सहकार्यको सुरुआत भएको बताए ।
शिलान्यास कार्यक्रमको उद्घोषण सम्हालेका हास्य कलाकार मनोज गजुरेलले भने, ‘हिजो नेपालीका मुहारमा मुस्कान छर्दै आएका हास्य दम्पतीले अब मन हँसाउन प्रयास सुरु गरेका छन् । यो सत्प्रयासले सबैको सहयोग, सद्भाव र शुभेच्छाले मात्र पूर्णता पाउन सक्छ ।’
एकीकृत नमुना मुसहर बस्ती परियोजना’ का संयोजक अर्जुनप्रसाद न्योपानेका अनुसार परियोजनाअन्र्तगत बर्दिवसाका मुसहर बस्तीमा ५० आवासीय घर, १ सामुदायिक भवन र १ मन्दिर बनाइनेछ । १४ कट्ठा १० धुर जग्गामा सुरु गरिएको परियोजनामा ३ कोठा, बरन्डा र चोटासहितको पक्की घर निर्माण गर्न लागिएको हो । प्रतिघर ८ लाखका दरले कुल परियोजना लागत ४ करोड ७८ लाख लाग्ने अनुमान छ ।
कलाकार कट्टेलका अनुसार अनुमानित लागतमध्ये १ करोड ३ लाख रुपैयाँ सिन्धुुपाल्चोकको गिरानचोकमा भूकम्प पीडितका लागि निर्माण गरिएको परियोजनाबाट बचेको रकम मुसहर बस्ती निर्माणका लागि छुट्टयाइएको हो । अपुग रकम देशविदेशमा रहेका शुभेच्छकबाट जुटाइने उनले जनाए ।
कार्यक्रमकै बेला महजोडीले एक लाख, किरण केसी (रातामकै) ले १० हजार, स्थानीय गौतम होटलका हीरा गौतमले १ लाख, पत्रकार राजकरण महतोले १० हजार नगद सहयोगको घोषणा गरे । स्थानीय विकास अधिकारी कृष्ण चापागाईंले पूर्वमन्त्री गिरीराजमणि पोखरेलको सांसद कोषबाट १० लाख र अर्की सांसद निर्जला राउतले समेत सहयोग गर्ने जानकारी गराए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












