वनरक्षक शाही सहीद घोषित,वनमन्त्री भण्डारी घरमै पुगेर एक लाख सहयोग हस्तान्तरण

जाजरकोट २७ पुस । गत पुस १७ गते ताप्लेजुङ्गमा हत्या गरिएका वनरक्षक गणेश शाहीको घर जाजरकोट पुगेर वन मन्त्री शंकर भण्डारीले सहयोग हस्तान्तरण गरेका छन् । दशेरा ८ वडावन जाजरकोटमा रहेको स्वर्गीय शाहीको घरमा पुगेर वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले संवेदना प्रकट गर्दै राहत हस्तान्तरण गरेका हुन् ।
खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङ्गमा कार्यरत बनरक्षक स्वर्गीय गणेश शाहीको कार्य क्षेत्रमा खटिएका बेला हत्या गरिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट आएका वन मन्त्री भण्डारीले पिडित परिवारको घरमै पुगेर सम्बेदना समेत प्रकट गरेका छन । स्वर्गीय शाहीको परिवारलाई मन्त्री भण्डारीले एक लाख रुपैयाँ नगद पिडित परिवारलाई हस्तान्तरण गरेका हुन् । कर्तव्य पालनाको शिलशिलामा हत्या गरिएका वन रक्षक स्वर्गीय गणेश शाहीको श्रीमति पवित्रा खत्री शाहीलाई घरमा पुगेर कार्यालय सहयोगी पदमा मंगलवारैदेखि लागू हुने गरी नियुक्ती दिएका छन् । वन रक्षक स्वर्गीय शाहीलाई सरकारले वन संरक्षण सहिद घोषणा गरेको मन्त्री भण्डारीले जानकारी दिएका छन् । मृतक शाहीको परिवार लाई १० लाख राहत दिने निर्णय गरिसकेको छ ।
सरकारले वन रक्षक गणेश शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गरेका देशभरीका वन रक्षक लाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिए । ‘वन रक्षक शाहीका परिवारलाई लालन पालनमा सहयोग गर्न वन विभागले मातहतका सवै कर्मचारी लाई एक दिनको तलब दिने निर्णय गरेका छौ’ विभिन्न जिल्ला वन कार्यालय पनि शाहीको परिवारलाई सहयोग गर्न एक दिनको तलभ सवै कर्मचारीले उठाई रहेका छन उनले वताए । विभिन्न जिल्लामा उठाईएको रकम संकलन गरेर शाहीको परिवार लाई प्रदान गरिने आचार्यले वताए ।
शाहीको ताप्लेजुङ्ग ओराईखु स्थित जंगलमा सामुदायिक बनको लगत सर्वेक्षण गर्न गएका बेला गत पुस १७ गते हत्या भएको थियो । मृतक शाहीकी श्रीमति गर्भवति छन् भने उनका दुई छोरा छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












