हिउँ फाल्दै टहरो बनाउँदै लाप्राकी
लाप्राक (गोरखा), २७ पुस । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै हुनुहुन्छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उहाँले नजिकैको जङ्गलभित्र टहरो बनाउन सुरु गर्नुभएको हो ।
‘गोरखा भूकम्प’ले पुरानो लाप्राक गाउँबाट विस्थापित ६०० घरपरिवार अहिले गुप्सीपाखाबाट पनि विस्थापित भएका छन् । गुप्सीमा टहरो बनाएर बसेका भूकम्प प्रभावितमध्ये अधिकांश रिनजुलुङ, सानो रिनजुलुङ तथा पुरानै लाप्राक गाउँतर्फ झरेका छन् ।
भुमे सामुदायिक वनको जग्गा सरकारले लाप्राकीलाई भोगचलन गर्ने अधिकारसहित घडेरी दिएकामा अहिले एनआरएनएले डुलोजर लगाएर धमाधम घडेरी खार्ने काम गरिरहेको छ । गुप्सीमा रहेका करिब ६०० टहरो भत्काइएकाले भूकम्प प्रभावित पुनः डाँडाकाँडामा टहरो बनाउन बाध्य भएका हुन् । टहरो मात्रै होइन, गुप्सीबाट स्वास्थ्य चौकी, विद्यालय पनि अन्यत्र सारिएको छ । टहरो बनाउने घडेरी तयार गर्न हिउँ फ्याक्दै गर्नुभएका लाप्राकका मानबहादुर गुरुङले भन्नुभयो, “गुप्सीका टहरा भताभुङ्ग भो । घरको ठेगान नहुँदा दुःख पाइयो । तीन ठाउँमा टहरो बनाइसके ।”
हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर बनेको छ । बढ्दो चिसोमा त्रिपाल, जस्तापाताले छाएको टहरोमा बस्नुपर्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी, र बिरामी सकसमा छन् । एनआरएनएले छिटो घर बनाइदिओस् भन्ने उनीहरुको माग छ । चिसोबाट बच्न चोयाको चित्रो बुनेर छानामाथि चित्रो राख्दै गर्नुभएका रामबहादुर गुरुङले भन्नुभयो, “टहरोभित्र र टहरोको चारैतिर चित्रोले बार्दा चिसो कम हुन्छ । पहिलेभन्दा यसपालि जाडो बढ्यो । दिनहुँ हिउँ नपरे पनि तुसारोले चिसो बढायो ।”
गुप्सीपाखाबाट विद्यालय अन्यत्रै सारेपछि कक्षा ३ कि छात्रा तारा गुरुङ विद्यालय जान पाएकी छैनन । मणिकामदेवी मावि पहिलेको ठाउँबाट एक किलोमिटर तल सारिएको हो । अहिले विद्यालय भवनको (टहरो) बनाउने काम भइरहेको छ । चिसोले वृद्धवृद्धालाई रुघाखोकीजस्ता समस्याले सताएको छ । स्थानीय समाजसेवी मारर्सिङ गुरुङले भन्नुभयो, “गुस्सीमा नयाँ घर बनाउन घडेरी खारिएको छ । गाउँबासीे पुनःयत्रतत्र चौरमा, बारीमा टहरो हालेर बसेका छन् ।” भूकम्पपछि गाउँबाट विस्थापित भएजस्तै गुप्सीबाट पनि विस्थापित भएका गाउँले पुनः टहरो बनाउनुपर्दा समस्यामा छन् । “भूकम्पपछि तीन ठाउँमा टहरो बनाइसके” गुरुङले भन्नुभयो, “पुनःनिर्माणले गति लिन नसक्दा चिसो स्याँठ खपेर बस्नुपरेको छ ।” गुप्सीबाट अरु ठाउँमा सरेका भूकम्प प्रभावितलाई पिउने पानी तथा शौचालयको पनि समस्या छ ।
भूकम्प प्रभावित ६१२ घरपरिवार भए पनि ५७३ को घर निर्माण गर्ने गरी घडेरी खारिएको भन्दै गुरुङले एनआरएनएप्रति असन्तुष्टि पनि जनाउनुभयो ।
अक्टोबरसम्म घर हस्तान्तरण गर्छौं : एनआरएनए
लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताउनुभयो । अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उहाँले दिनुभयो ।
“दिनहुँ नौ हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौँ । इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौँ” भट्टले भन्नुभयो । एनआरएनएले करिब १५० स्वयम्सेवक परिचालन गरी फेब्रुअरी १ मा घरको खन्ने र ५७३ निजी घरका साथै विद्यालय, स्वास्थ्यचौकी, गुरुङको संस्कार तथा संस्कृति झल्कने सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ने भएको छ ।
एउटा घर निर्माणमा करिब रु १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाउने उहाँले बताउनुभयो । “प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि प्रयोग गर्ने गरी मिलाएका छौँ” उहाँले भन्नुभयो, “घरभित्र चिसो नहोस् भनेर सोलार र विद्युत्ले तातो बनाउने प्रविधि जडान गछौँ ।” घर निर्माण गरेपछि गोला प्रर्थाद्वारा भूकम्प प्रभावितलाई घरको साँचो दिने एनआरएनएले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गर्नुभएको छ । मङ्गलबार लाप्राक पुग्नुभएका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने बताउनुभयो ।
एनआरएनएले निजी आवाससहित सार्वजनिक संरचना बनाउने योजना साथ काम अघि बढाए पनि डक्टर एसोसिएसन नामक संस्थाले गुप्सीमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालेपछि केही विवाद भएको छ । रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












