फिफा वर्ष खेलाडीमा मेसी,सुआरेज र नेइमार किन गएनन् ?
![]()
न्यु क्याम्प, २८ पुस । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकले फिफा वर्ष खेलाडीको पुरस्कार समारोहमा क्लबका कुनै खेलाडी सहभागी नहुने निर्णय स्वयम बार्सिलोनाका खेलाडीले गरेको बताएका छन्।
स्विट्जरल्यान्डको ज्युरिचमा सोमबार आयोजित समारोहमा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसी, लुइस सुआरेज, नेइमार, गेरार्ड पिके र आन्द्रेस इनिस्टा मात्र होइन, कुनै खेलाडी सहभागी थिएनन्। यो निर्णय गर्न खेलाडीले नै आफूलाई उत्प्रेरित गरेको एनरिकले बताए।
यसपालि फिफा वर्ष खेलाडीको पुररस्कार रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका थिए। एनरिकले ज्युरिच जानुको सट्टा खेलाडीले विहिबार कोपा डेल रेअन्तर्गत एथलेटिक बिलबाओविरूद्धको खेलका लागि तयारीमा जुट्न महत्व दिएको बताए।
फिफा वर्ष खेलाडीको मनोनयनमा रोनाल्डोसँगै दावेदारको रुपमा मेसीको पनि नाम थियो। रोबर्टो कार्लोस र डानी आल्भेसजस्ता हस्तीले पुरस्कार समारोहमा बार्सिलोनाको प्रतिनिधि अनुपस्थिति भएकोमा आलोचना गरेका थिए।
‘पुरस्कार समारोहमा जाने वा नजाने निर्णय नितान्त व्यक्तिगत हो,’ एनरिकले भने–‘प्रशिक्षकको नाताले म उनीहरूको निर्णयलाई समर्थन मात्र गर्न सक्छु। हाम्रो लागि खेल महत्वपूर्ण हो।’
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












