२८ महासेनानी सरुवा भए,को कहाँ ? [सूचीसहित]

काठमाडौं २८ पुस । सरकारले एकै पटक २८ महासेनानीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवारको बैठकले सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी कुमार लामालाई सहायक बाहिनीपति बाहिनी अडडामा, एक नम्बर बाहिनी अडडाका महासेनानी आनन्दकुमार अधिकारीलाई सैनिक इण्टिेलिजेन्स महानिर्देशनालयमा, विकास निर्माण महाशाखाका महासेनानी सञ्जय थापालाई सहशिक्षाधिकृत नेपाली सैनिक प्र्रतिष्ठानमा, सैनिक अभिलेखालयका महासेनानी मिनध्वज खडकालाई सहनिर्देशक सैनिक निर्देशनालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी नेपाली सैनिक प्रतिष्ठानका महासेनानी अरुणकुमार पाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा, सैनिक स्टाफ कलेजका महासेनानी सहदेव खड्कालाई सहायक बाहिनीपति चार नम्बर बाहिनी अडडामा, २६ नम्बर बाहिनी अड्डाका महासेनानी हिरालाल जोशीलाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ।
सँगै चार नम्बर बाहिनी अड्डाका महासेनानी राम राणालाई शिकायत जाँच निर्देशनालयमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी लवकुमार रायमाझीलाई सहायक बाहिनीपति २४ नम्बर अड्डामा, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी दीपककुमार बानियाँलाई मध्यपृतना हेडक्वाटरको पृतना सह चिफ अफ स्टाफमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी विजय थापालाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा, मानवअधिकार निर्देशनालयका महासेनानी शंकरबहादुर पण्डितलाई पूर्वी पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ ।
शान्ति सेना सञ्चालन निर्देशनालयका महासेनानी सुशीलकुमार भण्डारीलाई अभिलेखपति सैनिक अभिलेखालयमा, सैनिक संगठन निर्देशनालयका महासेनानी बिष्णु राउतलाई दुई नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी सन्तोष बल्लभ पौडेललाई एक नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सुदूरपश्चिम पृतना हेडक्वाटरका महासेनानी पवनराज घिमिरेलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय, युद्धकार्य निर्देशनालयको बलाधिकृत विभागका महासेनानी चोकबहादुर ढकाललाई सैनिक इण्टेलिजेन्स महानिर्देशनालयमा सरुवा गरिएको छ ।
मध्ये पृतना हेडक्वाटरका महासेनानी सुनिल श्रेष्ठलाई सैनिक इन्टकोर पतिमा, २१ नम्बर बाहिनी अड्डाका महासेनानी विनोद खरेललाई युद्धकार्य निर्देशनालय बलाधिकृत विभागमा, सैनिक उच्च शिखर शिक्षालयका महासेनानी इन्द्रबहादुर रायमाझीलाई २२ नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, २२ नम्बर बाहिनी अड्डाका महासेनानी ध्रुवप्रकाश शाहलाई पिएसओज कार्यालयको सचिवमा, सुदूरपश्चिम पृतना हेडक्वाटरका महासेनानी यामबहादुर सापकोटालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, १८ नम्बर बाहिनी अड्डाका महासेनानी पुरुषोत्तम ढकाललाई सैन्य तालिम केन्द्रको केन्द्रपतिमा, वीरेन्द्र अस्पतालका महासेनानी भगवान खत्रीलाई गुणस्तर नियन्त्रण निर्देशनालयमा सरुवा गरिएको छ ।
२ नम्बर बाहिनी अडडाका महासेनानी सन्तोषराज पाण्डेलाई विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा, पूर्वी पृतना हेडक्वाटरका महासेनानी सुनिलराज बिष्टलाई सैनिक उच्च शिखर शिक्षालयको प्रमुख शिक्षाधिकृतमा, १८ नम्बर बाहिनी अड्डाका महासेनानी भरतचन्द्र गुरुङलाई १८ नम्बर बाहिनी अड्डाका सहायक बाहिनीपतिमा, पूर्वी पृतना हेडक्वाटरका महासेनानी गंगाराज मुकारुङलाई विरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रारमा सरुवा गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












