प्रेसकै कारण शान्ति प्रक्रिया टुंगियो,संविधान बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव नभएको बताएका छन् । बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’
२१ औं शताब्दी सूचना र प्रविधिको युग भएको प्रधानमन्त्रीले बताए । उनले भने, ‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजि जागरण ल्याएको छ । यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईहरुको प्रयास प्रशंसनीय छ ।
भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरेको थिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












