सुन तस्करीको छानविनका क्रममा भन्सार अधिकृतसहित २९ जना पक्राउ (नामसहित)
काठमाडौं २८ पुस । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले सुन तस्करीको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृतसहित २९ जनालाई नियन्त्रणमा लिएको छ । गत पुष २१ गते अबैध रुपमा ल्याईएको ३३ किलो सुन बरामद भएपछि सिआईबीले अनुसन्धानका क्रममा व्यापक अभियान संचालन गरेको हो । अभियानका क्रममा उसले प्रमुख भन्सार अधिकृत, ४ जना अधिकृत र अन्य विभिन्न ओहोदाका २९ जनालाई नियन्त्रणमा लिएको हो ।
सिआइबी स्रोतका अनुसार पक्राउ पर्नेमा प्रमुख भन्सार अधिकृत सहसचिव टंकनाथ पौडेल, भन्सार अधिकृतहरु लाल बहादुर गुरुङ, परशुराम दाहाल, मान कुमार केसी र तथ्याङ्क अधिकृत श्रीनारायण यादव छन् । यस्तै नायव सुब्बा माधव प्रसाद शर्मा, जमुना लम्साल, चन्द्र बहादुर रेग्मी, त्रिभुवन ढकाल, प्रद्युम्नहरि श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, संजय महर्जन, राजकुमार धिताल र तेज बहादुर श्रेष्ठलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ ।
यस्तै कार्यालय सहयोगीहरु दिल बहादुर सम्बाहाम्फे, रामशरण थापा, पुर्ण बहादुर महर्जन, ध्रुव्र धिमाल, मान कुमार कार्की, सुवर्ण अर्याल, मिन बहादुर खत्री, कृष्ण बहादुर महर्जन, केदार प्रसाद सञ्जेल, राजाराम कासुला, सोम प्रसाद खत्री, अर्जुन प्रसाद भेटवाल, केदारनाथ लम्साल, सञ्चमाया लिम्बु र मान बहादुर तामाङलाई पनि सिआइबीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुसंंग बयान लिने काम भइरहेको स्रोतले जनाएको छ ।
बिमानस्थल भन्सारबाट वाहिरिएको तस्करीको सुन सहित सिआइबी टोलीले ३ जनालाइ नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले तस्करीमा संलग्न भएको अभियोगमा काभ्रेबाट हिजो २ जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा भरियामात्रै पक्राउ पर्ने तर मुख्य व्यक्ति भने उम्किने गरेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












