सुन तस्करीको छानविनका क्रममा भन्सार अधिकृतसहित २९ जना पक्राउ (नामसहित)
काठमाडौं २८ पुस । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले सुन तस्करीको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृतसहित २९ जनालाई नियन्त्रणमा लिएको छ । गत पुष २१ गते अबैध रुपमा ल्याईएको ३३ किलो सुन बरामद भएपछि सिआईबीले अनुसन्धानका क्रममा व्यापक अभियान संचालन गरेको हो । अभियानका क्रममा उसले प्रमुख भन्सार अधिकृत, ४ जना अधिकृत र अन्य विभिन्न ओहोदाका २९ जनालाई नियन्त्रणमा लिएको हो ।
सिआइबी स्रोतका अनुसार पक्राउ पर्नेमा प्रमुख भन्सार अधिकृत सहसचिव टंकनाथ पौडेल, भन्सार अधिकृतहरु लाल बहादुर गुरुङ, परशुराम दाहाल, मान कुमार केसी र तथ्याङ्क अधिकृत श्रीनारायण यादव छन् । यस्तै नायव सुब्बा माधव प्रसाद शर्मा, जमुना लम्साल, चन्द्र बहादुर रेग्मी, त्रिभुवन ढकाल, प्रद्युम्नहरि श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, संजय महर्जन, राजकुमार धिताल र तेज बहादुर श्रेष्ठलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ ।
यस्तै कार्यालय सहयोगीहरु दिल बहादुर सम्बाहाम्फे, रामशरण थापा, पुर्ण बहादुर महर्जन, ध्रुव्र धिमाल, मान कुमार कार्की, सुवर्ण अर्याल, मिन बहादुर खत्री, कृष्ण बहादुर महर्जन, केदार प्रसाद सञ्जेल, राजाराम कासुला, सोम प्रसाद खत्री, अर्जुन प्रसाद भेटवाल, केदारनाथ लम्साल, सञ्चमाया लिम्बु र मान बहादुर तामाङलाई पनि सिआइबीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुसंंग बयान लिने काम भइरहेको स्रोतले जनाएको छ ।
बिमानस्थल भन्सारबाट वाहिरिएको तस्करीको सुन सहित सिआइबी टोलीले ३ जनालाइ नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले तस्करीमा संलग्न भएको अभियोगमा काभ्रेबाट हिजो २ जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा भरियामात्रै पक्राउ पर्ने तर मुख्य व्यक्ति भने उम्किने गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












