बर्दिवासका खुसी, सकरीका मुसहर भने उठिबास हुने चिन्तामा
बर्दिवास, २९ पुस । महोत्तरीको बर्दिवासका मुसहर नमुना बस्ती निर्माण हुँदै गरेको खुसियालीमा छन् भने छिमेकी भङ्गाहा–५ सकरीका मुसहर भने पुस्तौनी बस्तीबाट उठिबास हुने चिन्तामा छन् । बर्दिवासमा हास्यकलाकार धुर्मुस–सुन्तलीले मुसहरका लागि नमुना बस्ती बनाउँदैछन् ।
लोहारपट्टीका जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ)मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन्तान र नातेदारले जग्गा अर्कैको नाउँमा रजिस्ट्रेसन गरी दिएर घर भत्काइदिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो ।
आफ्नो जवानीको सारा जोस र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई बेचेको बताएपछि छाँगाबाट खसेजस्ता भएका छन् ।
‘कि करु हजुर जिम्दार साहब् त अई दुनियाँ सऽ चैल गेला’ (के गरुँ हजुर जिम्दार साहब त यो दुनिंयाँबाट बिदा भए) दलित बस्तीका ७० वर्षीय रौदी सदा मुसहरले आँसु झार्दै आफ्नै बोलीचालीको मैथिली भाषामा भने–, “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सब्के उठ्व चाहैछैथ’ (अहिले आएर उहाँका नातेदार हाम्रो उठिबास गराउन लागिपरेका छन्)
लोहारपट्टीका जिम्दार स्व रामखेलावनले बसाएका मुसहरले घरझुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै उनका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि २५ घर आपूmहरुलाई रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कट्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको मुसहरको भनाइ छ । विसं २०२२ सालतिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी दिएका सकरीका बुढापाकाको भनाइ छ ।
विसं २०६५ मा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहवरमा पाँच कट्ठा आपूmहरुका घरझुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडिदिएको सो बस्तीकी मुसहर समुदायकी अगुवा रामराजी सदा बताउँछिन् । तर, अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगत मण्डललाई आपूmहरुको घरझुप्रो भएको जग्गा पास गरिदिएका भन्दै जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सोही बस्तीकी सिर्वती सादा मुसहरको भनाइ छ ।
नेपालीमा अप्ठ्यारो गरी बोल्दै सिर्वतीले भनिन्–“झन्डै ५० वर्षदेखि बसोबास गर्दै आएको जग्गाबाट घर उखाल भन्छन्, थाना, चौकीका हाकिम पनि उनीहरुकै बोली टिप्छन् हजुर..,अब हामी कहाँ जाउँ..?”
लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा किनेका भनिने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझपचाउन थालेका मुसहरको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको बताए । मुसहरले अब घर खाली गरि दिनुपर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने बिमल र जगतको भनाइ छ ।
यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आपूmले सहमतिमा पाँच कट्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरिदिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउँछन् ।
सकरीमा २०२० सालताका २५÷३० वर्षको उमेरमा बसेका मुसहरको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिँदैन । पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाको षडयन्त्र भएको जिल्लाकै बर्दिवास–११ चेरुका बासिन्दा सामाजिक, राजनीतिक तथा कार्यकर्ता तेजप्रसाद अधिकारी बताउँछन् ।
“रामकिशोरजीले २०६५ सालतिर आफ्नै घरमा गराउनुभएको छलफलमा म, भङ्गाहा गाविसका निवर्तमान उपाध्यक्ष मुकुन्द दाहाल, रामकिशोरका नातेदार बिमल, मुसहर बस्तीका अगुवा र समन्वयको भूमिकामा केही पत्रकार पनि हुनुहुन्थ्यो”, अहिले नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले भन्नुहुन्छ, “आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षडयन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरीत हो ।”
पछिल्लो पटक बर्दिवासका आफ्नै समुदायका लागि हास्यकलाकार धुर्मुस–सुन्तलीले नमुना बस्ती बनाउन लागेका खबर सुनेका सकरीका मुसहरले त्यस्तै दयालु मन आफ्नो बस्तीमा आइपुगे आफ्नो मर्का सुनवाइ हुनसक्ने आस सँगालेका छन् ।
“हजुर, हाम्रै नातेदार रहेका बर्दिवासका आफन्तका लागि त दयालु मन भेटिएछन्”, सकरी मुसहर बस्तीकी किसुनवती सदा मुसहरले भनिन्–“त्यस्तै मन भएकाहरुले हाम्रो बस्तीको बाटो देखे मन अड्याउने ठाउँ हुन्थ्यो कि…!” रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












