बर्दिवासका खुसी, सकरीका मुसहर भने उठिबास हुने चिन्तामा
बर्दिवास, २९ पुस । महोत्तरीको बर्दिवासका मुसहर नमुना बस्ती निर्माण हुँदै गरेको खुसियालीमा छन् भने छिमेकी भङ्गाहा–५ सकरीका मुसहर भने पुस्तौनी बस्तीबाट उठिबास हुने चिन्तामा छन् । बर्दिवासमा हास्यकलाकार धुर्मुस–सुन्तलीले मुसहरका लागि नमुना बस्ती बनाउँदैछन् ।
लोहारपट्टीका जिम्दार (तत्कालीन जग्गाधनीलाई गरिने सम्बोधन) रामखेलावन साहले २०२० सालताका आफ्नो सकरी मौजा (खेती गरिने ठाउँ)मा कृषि कामदारका लागि मुसहरको बस्ती बसाएका थिए । अहिले साहका सन्तान र नातेदारले जग्गा अर्कैको नाउँमा रजिस्ट्रेसन गरी दिएर घर भत्काइदिने धम्की दिन थालेपछि सकरीका मुसहरको बसोबास सङ्कटमा परेको हो ।
आफ्नो जवानीको सारा जोस र जाँगर जिम्दारको खेतमा काम गरेर बिताएका मुसहर यतिखेर साहका सन्तान र नातेदारले झुप्रा घर भएको ठाउँ अर्कैलाई बेचेको बताएपछि छाँगाबाट खसेजस्ता भएका छन् ।
‘कि करु हजुर जिम्दार साहब् त अई दुनियाँ सऽ चैल गेला’ (के गरुँ हजुर जिम्दार साहब त यो दुनिंयाँबाट बिदा भए) दलित बस्तीका ७० वर्षीय रौदी सदा मुसहरले आँसु झार्दै आफ्नै बोलीचालीको मैथिली भाषामा भने–, “आब् अखैन् हुनक् रिस्तेदारसब् हमरा सब्के उठ्व चाहैछैथ’ (अहिले आएर उहाँका नातेदार हाम्रो उठिबास गराउन लागिपरेका छन्)
लोहारपट्टीका जिम्दार स्व रामखेलावनले बसाएका मुसहरले घरझुप्रा बनाउँदा आफ्नो बढी जग्गा चर्चेका भन्दै उनका छोरा रामकिशोर साहले २०६५ सालमा आफ्नै जनकपुरस्थित घरमा सामाजिक छलफल गराएका थिए । छलफलपछि २५ घर आपूmहरुलाई रामकिशोरकै सहमतिमा छुट्याइएको पाँच कट्ठा घडेरीभित्र बनेका २५ घरको जग्गा अहिले अर्कैको नाउँमा पास गरिदिएपछि बिल्लीबाठको स्थिति बनेको मुसहरको भनाइ छ । विसं २०२२ सालतिर भूमिसुधार लागू भएर जग्गाको हदबन्दी लगाइएपछि साहले जग्गा बचाउन जिल्लाकै बनौलीदनौलीका नातेदारका नाउँमा नामसारी दिएका सकरीका बुढापाकाको भनाइ छ ।
विसं २०६५ मा भएको छलफलमा जग्गा नाउँमा हुने बिमलप्रसाद साहकै रोहवरमा पाँच कट्ठा आपूmहरुका घरझुप्राका लागि छुट्याइएपछि बढी जग्गा छोडिदिएको सो बस्तीकी मुसहर समुदायकी अगुवा रामराजी सदा बताउँछिन् । तर, अहिले बिमलप्रसादले आफ्नै बस्तीका जगत मण्डललाई आपूmहरुको घरझुप्रो भएको जग्गा पास गरिदिएका भन्दै जगतले जग्गा खाली गर्न दिनहुँ हुलहुज्जत गर्न थालेका सोही बस्तीकी सिर्वती सादा मुसहरको भनाइ छ ।
नेपालीमा अप्ठ्यारो गरी बोल्दै सिर्वतीले भनिन्–“झन्डै ५० वर्षदेखि बसोबास गर्दै आएको जग्गाबाट घर उखाल भन्छन्, थाना, चौकीका हाकिम पनि उनीहरुकै बोली टिप्छन् हजुर..,अब हामी कहाँ जाउँ..?”
लामो समयसम्म रामकिशोरका कारिन्दा भएर सकरी बसेका बिमलप्रसाद र अहिले जग्गा किनेका भनिने जगत मण्डल यी सबै कुराको साक्षी भएर पनि बुझपचाउन थालेका मुसहरको भनाइ छ । मुसहरको भनाइबारे जिज्ञासा माग्दा बिमलले आफ्नो नाउँमा भएको जग्गा पास गरिदिएको र जगतले पैसा तिरेर जग्गा किनेको बताए । मुसहरले अब घर खाली गरि दिनुपर्ने वा चलनचल्तीको मूल्य तिर्नुपर्ने बिमल र जगतको भनाइ छ ।
यता जग्गाका वास्तविक धनी भनिएका रामकिशोर साह आपूmले सहमतिमा पाँच कट्ठा मुसहरका लागि छुट्याइदिएको भए पनि अहिले जग्गा नाउँमा हुने बिमलले अर्कैको नाउँमा पास गरिदिएकाले आफ्नो केही भन्ने, गर्ने स्थिति नभएको बताउँछन् ।
सकरीमा २०२० सालताका २५÷३० वर्षको उमेरमा बसेका मुसहरको अहिले चौथो पुस्ताका सन्तान छन् । खेतबारीको माटो काट्ने, पुर्ने र अन्य कृषि कार्यमा पोख्त मानिने मुसहरसँग आफ्नो सम्पत्ति भन्ने केही देखिँदैन । पछिल्लो समय सकरीका मुसहरविरुद्ध जग्गाको खेलो गर्ने भूमाफियाको षडयन्त्र भएको जिल्लाकै बर्दिवास–११ चेरुका बासिन्दा सामाजिक, राजनीतिक तथा कार्यकर्ता तेजप्रसाद अधिकारी बताउँछन् ।
“रामकिशोरजीले २०६५ सालतिर आफ्नै घरमा गराउनुभएको छलफलमा म, भङ्गाहा गाविसका निवर्तमान उपाध्यक्ष मुकुन्द दाहाल, रामकिशोरका नातेदार बिमल, मुसहर बस्तीका अगुवा र समन्वयको भूमिकामा केही पत्रकार पनि हुनुहुन्थ्यो”, अहिले नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले भन्नुहुन्छ, “आफ्नो जग्गामा बसाएबापत चार पुस्तादेखि मुसहरलाई काम गराएर अहिले षडयन्त्रपूर्वक उनीहरुको बस्ती उठाउन खोज्नु सामाजिक न्यायविपरीत हो ।”
पछिल्लो पटक बर्दिवासका आफ्नै समुदायका लागि हास्यकलाकार धुर्मुस–सुन्तलीले नमुना बस्ती बनाउन लागेका खबर सुनेका सकरीका मुसहरले त्यस्तै दयालु मन आफ्नो बस्तीमा आइपुगे आफ्नो मर्का सुनवाइ हुनसक्ने आस सँगालेका छन् ।
“हजुर, हाम्रै नातेदार रहेका बर्दिवासका आफन्तका लागि त दयालु मन भेटिएछन्”, सकरी मुसहर बस्तीकी किसुनवती सदा मुसहरले भनिन्–“त्यस्तै मन भएकाहरुले हाम्रो बस्तीको बाटो देखे मन अड्याउने ठाउँ हुन्थ्यो कि…!” रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












