भाउजूले फोन गरेर दाइको निधन भएको सुनाउनुभयो : यमबुद्धका सहयोगी

काठमाडौं २ माघ । नेपाली सांगीतिक क्षेत्रमा ‘यमबुद्ध’ नामले परिचित गायक अनिल अधिकारीको शनिबार निधन भएको छ । पत्नी अस्मिता अधिकारीसहित लन्डनमा बस्दै आएका उनी गत दसैंमा नेपाल आएर फर्किएका थिए ।उनी शनिबार बिहान बाथरुममा मृत भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
‘भाउजूले फोन गरेर दाइको निधन भएको सुनाउनुभयो’, घट्टेकुलोस्थित घरमा सहयोगीका रूपमा बसेका राजकुमार चेपाङले भने, ‘यो दुःखमा उहाँ पनि धेरै बोल्न सक्नुभएन । सबै पीडामा भएकाले बढी थाहा हुन सकेको छैन ।’ यद्यपि उनको निधनको वास्तविक कारण खुलेको छैन ।
अधिकारीको पुख्र्यौली घर धनकुटा भए पनि त्यहाँबाट मोरङको सलकपुर बसाइँ सरी पछिल्लो समय काठमाडौं घट्टेकुलोमा बस्दै आएका छन् । कक्षा ६ देखि काठमाडौंमा अध्ययन गरेका २९ वर्षीय यमबुद्धका साथी, फुटपाथ मेरो घर, एकादेशमा, आउँदैछु म, यो प्रसंग, जुत्तामालगायत गीतलाई श्रोता-दर्शकले निकै रुचाएका छन् ।
सन् २००७ देखि गायन क्षेत्रमा लागेका उनले सन् २०११ मा ‘मिक्सटेप’ नामको एल्बम बजारमा ल्याएका थिए । नयाँ एल्बम ‘खतरा’ रिलिज गर्ने तयारीमा रहेका उनी नेपाली हिपहप र र्यापमा समकालीन अन्य र्यापरभन्दा चर्चित मानिन्थे । उनले विश्वका विभिन्न मुलुकमा आफ्नो गायनकला प्रस्तुत गरिसकेका थिए ।
यमबुद्धकी आमा उर्मिला अधिकारी हाल अस्ट्रेलियामा छिन् भने बाबु अम्बिकाप्रसाद अधिकारी राप्रपाका नेता हुन् । अधिकारीदम्पतीका एक्ला छोरा यमबुद्धले चार वर्षअघि अस्मितासँग विवाह गरेका थिए ।
यमबुद्धले गाएका गीत हेर्नेहोस्
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












