मेसीविरुद्ध बोल्नेलाई बार्सिलोनाले गर्यो बर्खास्त

काठमाडौंः बार्सिलोनाले स्टार स्ट्राइकर लियोनल मेसीविरुद्ध बोल्ने क्लबका एक अधिकारीलाई कारबाही गरेको छ। मेसीविरुद्ध बोल्ने बार्सिलोनाका क्लबका संस्थागत मामिला निर्देशक पेरे ग्राटाकोस बर्खास्तीमा परेका हुन्।
उनले आन्द्रेस इनिष्टा, नेमार र जेरार्ड पिकेबिना मेसीले राम्रो खेल्न नसक्ने प्रतिक्रिया दिएका थिए। पेरेले यी तीन खेलाडीबिना मेसीले राम्रो उपलब्धि हासिल गर्न नसक्ने समेत बताएका थिए।
यस्तो प्रतिक्रियापछि बार्सिलोनाले पेरेलाई कारबाही गर्दै उनको भनाई व्यक्तिगत रहेको समेत स्पष्ट पारेको छ। पेरेले बार्सिलोनालाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याउन मेसीकोमात्रै योगदान नरहेको भन्दै नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको बताएका थिए।
बार्सिलोनाले एक विज्ञप्ति निकालेर पेरेलाई बार्सिलोनाको संस्थागत निर्देशक पदबाट बर्खास्त गरिएको उल्लेख छ। बुधबार राति एथ्लेटिको बिल्बाओसँगको कोपा डेल रेको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै बार्सिलोनालाई समग्रमा ४–३ गोल अन्तरको जित निकाल्दै क्वाटार फाइनल पुर्याएका थिए।
तर, पेरेले बार्सिलोनाको जितमा नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको प्रतिक्रिया दिएका थिए। मेसीको एकल प्रदर्शनका कारण नभई टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको पेरेले बताएका थिए।एजेन्सी
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












