मेसीविरुद्ध बोल्नेलाई बार्सिलोनाले गर्यो बर्खास्त

काठमाडौंः बार्सिलोनाले स्टार स्ट्राइकर लियोनल मेसीविरुद्ध बोल्ने क्लबका एक अधिकारीलाई कारबाही गरेको छ। मेसीविरुद्ध बोल्ने बार्सिलोनाका क्लबका संस्थागत मामिला निर्देशक पेरे ग्राटाकोस बर्खास्तीमा परेका हुन्।
उनले आन्द्रेस इनिष्टा, नेमार र जेरार्ड पिकेबिना मेसीले राम्रो खेल्न नसक्ने प्रतिक्रिया दिएका थिए। पेरेले यी तीन खेलाडीबिना मेसीले राम्रो उपलब्धि हासिल गर्न नसक्ने समेत बताएका थिए।
यस्तो प्रतिक्रियापछि बार्सिलोनाले पेरेलाई कारबाही गर्दै उनको भनाई व्यक्तिगत रहेको समेत स्पष्ट पारेको छ। पेरेले बार्सिलोनालाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याउन मेसीकोमात्रै योगदान नरहेको भन्दै नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको बताएका थिए।
बार्सिलोनाले एक विज्ञप्ति निकालेर पेरेलाई बार्सिलोनाको संस्थागत निर्देशक पदबाट बर्खास्त गरिएको उल्लेख छ। बुधबार राति एथ्लेटिको बिल्बाओसँगको कोपा डेल रेको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै बार्सिलोनालाई समग्रमा ४–३ गोल अन्तरको जित निकाल्दै क्वाटार फाइनल पुर्याएका थिए।
तर, पेरेले बार्सिलोनाको जितमा नेमार, इनिष्टा र पिकेको पनि उत्तिकै योगदान रहेको प्रतिक्रिया दिएका थिए। मेसीको एकल प्रदर्शनका कारण नभई टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको पेरेले बताएका थिए।एजेन्सी
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












