ताजा समाचार

पाल्पामा बस दुर्घटना: दुईको मृत्यु, २० जना घाइते

पाल्पा २ माघ। पाल्पाको सिलुवा बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ । बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको गाडी गएराति पाैने एघार बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org