नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन : मन्त्री महत

वासिङ्टन डिसी, माघ २ गते । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई शनिबार अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा अघि बढ्न लागेकाले यो अभियानलाई सघाई समृद्ध नेपाल निर्माण गर्न विश्वका कुना काप्चामा रहेका नेपालीको भूमिका अहम् हुने धारणा राख्नुभएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा द्वन्द्वलगायतका विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री डा महतले यो अभियानमा गैरआवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण छ भन्नुभयो ।
नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताउँदै मन्त्री डा महतले नेपालमा अब विदेशीहरु पनि लगानीका लागि आइरहेको र गैरआवासीय नेपाली पनि विकास अभियानमा आउनुपर्ने बताउनुभयो ।
हिजोआज नेपालमा राष्ट्रियताको विषयलाई अनावश्यक रुपमा उचालिएको र वर्तमान सरकारको विदेश नीति कहिले कता त कहिले कता ढल्किएको भन्ने गरिएकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो – “नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन, नेपालतर्फमात्र ढल्किएको छ ।
उक्त बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले उक्त सङ्घका क्रियाकलापबारे चर्चा गर्नुभएको थियो ।
साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता रहेको छ ।
संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ १० हजारभन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् ।
एक अनौपचारिक तथ्याङ्कअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् । टेक्सास राज्यमा मात्र एक हजारभन्दा बढी नेपालीको व्यवसाय रहेको छ ।
अमेरिकामा रहेका नेपालीले यहाँ ग्यास स्टेसन, सूचना प्रविधि, स्टोर, ब्युटिपार्लरलगायतका क्षेत्रमा लगानी गरेका छन् ।रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












