प्रधानमन्त्री दाहाल फर्किएपछि मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए । ‘अबुधाबी भ्रमण सकेर प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ खनालले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्री प्रचण्ड युएईका युवराज सेख मोहम्मद बिन जायेद अल नह्यानको निमन्त्रणामा वल्र्ड फ्युचर इनर्जी समिटमा भाग लिन शनिबार युएई प्रस्थान गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् । फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन । प्रमुख सत्तासाझेदार दल कांग्रेससँग मन्त्रालयका विषयमा टुंगो लागेको भए प्रधानमन्त्रीले आबुधाबी भ्रमणअघि नै राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसहित दुई साना दलका नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराउने योजना बनाएका थिए । तर, कांग्रेसको भागमा रहेको परराष्ट्र मन्त्रालय राप्रपालाई दिने विषयमा कुरा नटुंगिएकाले शनिबारअघि सरकार विस्तार हुन नसकेको हो ।
दुई साना दललाई पनि लैजाने
मन्त्रिपरिषद् विस्तार गर्दा साना दुई दललाई पनि समेट्ने तयारी प्रधानमन्त्रीको छ । ‘राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउँदा साना दलबाट पनि दुईजनालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले भने । साना दलभित्रबाट अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको सचिवालयका सदस्यले बताए । समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहलाई पनि मन्त्री बनाउने छलफल भएको, तर त्यसबारे प्रधानमन्त्रीले टुंगो गरिनसकेको ती सदस्यले बताए ।
लोकतान्त्रिक फोरमभित्र विवाद
प्रधानमन्त्रीले सरकारमा लाने तयारी गरेपछि फोरम लोकतान्त्रिकभित्र विवाद बढेको छ । पार्टी अध्यक्ष गच्छदार आफैँ सरकारमा जान इच्छुक देखिएपछि अन्य नेताले त्यसको विरोध गरेका छन् । उनीहरू अहिले पार्टी सरकारमा सहभागी हुन नहुने अडानमा छन् । पहिले सरकारमा जान खोज्दा लैजान नचाहेको, तर अहिले अप्ठेरोमा परेपछि मात्र प्रधानमन्त्रीले फोरम लोकतान्त्रिकलाई खोजेको भन्दै नेताहरूले सरकारमा जान नहुने अडान राखेका हुन् । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पार्टी अहिले सरकारमा नजाने बताए । ‘पहिले हामीले सरकारमा जान चाहेका थियौँ, त्यसवेला लैजानुभएन । अहिले कांग्रेससँगको सहमतिका आधारमा प्रचण्डले सरकार छाड्ने वेला भएको छ । त्यसैले यतिवेला सहभागी गराउन खोज्नुको कुनै अर्थ छैन,’ चौधरीले भने, ‘अब बाहिरै बसेर सरकारलाई सहयोग गर्छौं ।’ गत साउनमा प्रधानमन्त्री निर्वाचनका वेला प्रचण्डलाई मतदान गरेको लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन भने कांग्रेस–माओवादीले अनिच्छा देखाएका थिए । फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी नगराउन मधेसकेन्द्रित दलले दबाब दिएका थिए । तर, अहिले संविधान संशोधन प्रस्तावमा दुईतिहाइ बहुमत पुर्याउन सबैलाई समेट्ने तयारीमा सरकार लागेको हो । अहिले मधेसी मोर्चाले पनि सरकारमा गच्छदारको पार्टीलाई ल्याउन ग्रिन सिग्नल दिएको छ । तर, पार्टीभित्रै विरोध देखिएपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












