राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो। ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर(सिडिई) हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ।’
केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो। ‘पहिले नै सार्ने योजना थियो, अब विवाह सकिएपछि उहाँ नवनिर्मित भवनमा सर्नुहुन्छ,’ केसीले भने। भवन दुई प्याकेजमा निर्माण गरिएको छ। पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो। विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। भवन बेसमेन्टसहित पाँच तलाको छ। भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ। नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ।
१२ वैशाख ०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो। भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका तर्फबाट परियोजन निर्देशक शिवहरि शर्मा, बिल्डिङ डिजाइन अथोरिटीका तर्फबाट कार्यकारी निर्देशक सुदीप पौडेल, प्लस इन्जिनियरर्स एन्ड आर्किटेक्टका तर्फबाट सुदीपकुमार श्रेष्ठ र डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका रामउदार यादवबीच १९ मंसिरमा टेन्डर सम्झौता भएको हो। ठेकेदार कम्पनीले अबको सात महिनाभित्र भवन भत्काइसक्नेछ। इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार भवन भत्काउन पुरातत्व विभागबाट समेत स्वीकृति लिइसकिएको छ। ‘राष्ट्रपति बस्दै आएको भवन भूकम्पले क्षति पु¥याएको र रेट्रोफिटिङ गरेर पनि प्रयोग गर्न नसकिने अवस्था रहेकाले पूरै भत्काउन लागिएको हो,’ वाग्लेले भने। त्यस ठाउँमा राष्ट्रपति कार्यालय रहने गरी भूकम्प र बमप्रतिरोधी भवन नै निर्माण गरिने भएको छ। तर, डिजाइन बनाइएको छैन। शीतलनिवास चन्द्रशमशेर सत्तामा रहेका वेला १० असार १९५८ मा निर्माण गरिएको हो।
भवन तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणले बनाएका हुन्। सो भवन चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्तलक्ष्मीदेवीका कान्छा छोरा कृष्णशमशेरलाई उपहारमा दिएका थिए। पछि कृष्णशमशेरले सो भवन सरकारलाई हस्तान्तरण गरे। राणा सरकारको रोलक्रमबाट बाहिरिएपछि कृष्णशमशेर विरक्तिएर भवन छाडेको र भारततर्फ लागेको बताइन्छ। इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार कृष्णशमशेरले भवन मर्मत गर्न तीन लाख २२ हजार आठ सय रुपैयाँ सरकारलाई दिएका थिए। त्यसपछि नेपालस्थित भारतीय दूतावास, राजकीय गेस्टहाउस, परराष्ट्र मन्त्रालय हुँदै अहिले राष्ट्रपतिनिवास र कार्यालयका लागि प्रयोग गरिएको हो। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदै छ। विवाहमण्डप शीतलनिवासमै बनाइएको छ। विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ। नयाँ पत्रिकाबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












