यी हुन् नेपालका लागि भारतीय नयाँ राजदूत टीएस तिरुमुर्ति

काठमाडैं । अहिले नेपालका लागि भारतीय राजदूत रंजीत राय एक महिना दश दिनपछि अवकासमा जाँदैछन् । विश्वस्त कुटनीतिक स्रोतका अनुसार उनको ठाँउमा उाँदैछन् टीएस तिरुमुर्ति । राजदूत राय फेब्रुअरी २५ तारिखबाट ६० बर्षे सेवा अवधिका कारण अवकास हुने भएपछि नेपालका लागि नयाँ भारतीय राजदूत को र कस्ता व्यक्ति आउने भन्ने जिज्ञासा सर्वत्र भैरहेको थियो ।
सार्क राष्ट्र मध्ये भारत सरकारले अति नै संवेदनशिल हेर्ने गरेको नेपालका लागि भारतीय रातदूत सार्क राष्ट्रमा काम गरेको, नेपाल–भारत सम्बन्धमा वारेमा विशेष जानकार व्यक्ति पठाउने गर्दछ । एक दुई हप्ता अगाडि निवर्तमान भारतीय सेनापति दलवीर सिंह सुहागको चर्चा भएपनि उनी नआउने निश्चित भएको छ । नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारत सरकारले भारतीय राजदूतको छनोट भित्री रुपमा टिएस तिरुमुर्तिलाई गरिसकेको छ । औपचारिक रुपमा घोषणा हुन मात्र वाँकी छ ।
हाल मलेशियामा भारतीय उच्च आयुक्तका रुपमा रहेका, कुटनीतिक क्षेत्रमा सफल मानिएका अनुभवी व्यक्तित्व टिएस तिरुमुर्ति नेपालका लागि २४औं राजदूतमा नियुक्त हुँदैछन् । तिरुमुर्तिले यस अघि एक दर्जनभन्दा बढी देशहरुमा विभिन्न ओहोदामा रहेका मा गरिसकेका छन् । उनी कायरो, जेनेभा, गाजापट्टि, बाशिङ्गटन डीसी, जार्कातामा बसेर काम गरेका छन् । सन् १९६२ मार्च ७ मा जनिमएका तिरुमुर्ति १९८५ बाट भारतीय सरकारको जागिरे भएका थिए । वीकम र एलएलबी शिक्षा हािसल गरेका छन् । उनी भारतीय चौथो राष्ट्रपति बराहगिरी वेंकटको छोरी ज्वाईं भएको पनि थाहा भएको छ । उनकी श्रीमति गोवरी तिरुमुर्तिका साथ एक छोरा र एक छोरी रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












