धोनीले कप्तान नभएको बिर्सिएपछि…

पूणे ३ माघ । महेन्द्रसिंंह धोनीले भारतको एकदिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा गरेको साता दिन बितिसकेको छ। उनको स्थानमा विराट कोहलीलाई भारतीय क्रिकेट बोर्डले क्रिकेटको तीनवटै विद्यामा कप्तान पनि नियु्क्त गरिसकेको छ।
विराटकै नेतृत्वमा आइतबार राती भारतले पूणेमा इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल्यो। जसमा एउटा रोचक घटना घट्न पुग्यो। धोनीले त्यो खेलमा आफूले कप्तानबाट सन्यास लिएको बिर्सिए। र, उनले इङ्लिस कप्तान इयान मोर्गनको विषयमा निर्णय पुनर्विचार गर्न फिल्ड अम्पायरलाई आदेश दिए।
खेलको २७ मिनेटमा हार्दिक पाण्डेयको अन्तिम बल मोर्गनको ब्याटमा हल्का लागेर धोनीको ग्लोब्समा पुगेको थियो। धोनीले विकेट पछाडिबाट अपिल गरेपनि अम्पायरले आउट दिन मानेनन्। त्यसपछि उनले अम्पायरलाई निर्णयमा पुनर्विचार गर्न आफ्नो हातलाई ‘टि’ (युडिआरएसको मागको संकेत) बनाए।
त्यसको केही क्षणमै उनलाई महसुस भयो, कप्तान आफू होइन भन्ने। यसपछि उनले एकदिवसीयमा पहिलो पल्ट कप्तानी गरिरहेका विराटतर्फ हेरे। विराट पनि धोनीको निर्णयप्रति विश्वस्त थिए। उनले तुरुन्तै निर्णय पुनर्विचार गर्न माग गरे। तेस्रो अम्पायरले टेलिभिजन रिप्ले हेरेपछि भारतको पुर्नविचारको मागलाई सही ठहर्यायो र मोर्गनलाई आउट दियो। एजेन्सी
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











