धोनीले कप्तान नभएको बिर्सिएपछि…

पूणे ३ माघ । महेन्द्रसिंंह धोनीले भारतको एकदिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा गरेको साता दिन बितिसकेको छ। उनको स्थानमा विराट कोहलीलाई भारतीय क्रिकेट बोर्डले क्रिकेटको तीनवटै विद्यामा कप्तान पनि नियु्क्त गरिसकेको छ।
विराटकै नेतृत्वमा आइतबार राती भारतले पूणेमा इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल्यो। जसमा एउटा रोचक घटना घट्न पुग्यो। धोनीले त्यो खेलमा आफूले कप्तानबाट सन्यास लिएको बिर्सिए। र, उनले इङ्लिस कप्तान इयान मोर्गनको विषयमा निर्णय पुनर्विचार गर्न फिल्ड अम्पायरलाई आदेश दिए।
खेलको २७ मिनेटमा हार्दिक पाण्डेयको अन्तिम बल मोर्गनको ब्याटमा हल्का लागेर धोनीको ग्लोब्समा पुगेको थियो। धोनीले विकेट पछाडिबाट अपिल गरेपनि अम्पायरले आउट दिन मानेनन्। त्यसपछि उनले अम्पायरलाई निर्णयमा पुनर्विचार गर्न आफ्नो हातलाई ‘टि’ (युडिआरएसको मागको संकेत) बनाए।
त्यसको केही क्षणमै उनलाई महसुस भयो, कप्तान आफू होइन भन्ने। यसपछि उनले एकदिवसीयमा पहिलो पल्ट कप्तानी गरिरहेका विराटतर्फ हेरे। विराट पनि धोनीको निर्णयप्रति विश्वस्त थिए। उनले तुरुन्तै निर्णय पुनर्विचार गर्न माग गरे। तेस्रो अम्पायरले टेलिभिजन रिप्ले हेरेपछि भारतको पुर्नविचारको मागलाई सही ठहर्यायो र मोर्गनलाई आउट दियो। एजेन्सी
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












