लोकमान विदेश वस्ने भन्ने समाचार निराधार,स्वास्थ्य परीक्षण गराएर केही दिनमै नेपाल फर्किने

काठमाडौं, ३ माघ । उपचार निम्ति भारत गएका लोकमान सिंह कार्की ‘नेपाल नफर्कने’ हल्ला निराधार भएको र उनी ‘पाँच-सात दिनमै फर्कने’ निकट पारिवारिक जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सर्वोच्च अदालतले अयोग्य ठहर गरेका कार्की उपचारका लागि भारत गएका छन्।
उनी पूरै शरीर जचाउन भन्दै आफ्नी पत्नी सुनीताका साथ भारत गएका हुन्। आफ्नो मुद्दा सर्वोच्च अदालतमा ब्युँतिएयता उनी तनावमा थिए। यसबीच थापाथलिस्थित नर्भिक अस्पतालमा उपचारसमेत गराइरहेका थिए।
कार्कीका ज्वाइँ प्रबल थापाका अनुसार उनको रक्तचाप बढेकाले पूरै शरीर जचाउन भारत गएका हुन्। ‘उहाँ अब नेपाल फर्किनुहुन्न भनेर बाहिर समाचार आएको छ त्यसो होइन, पाँच–सात दिनमै उहाँ फर्किनुहुन्छ,’ थापाले भने।
अख्तियार प्रमुखका रूपमा तीन वर्षअघि नियुक्त भएका कार्कीलाई अघिल्लो साता सर्वोच्च अदालतले अयोग्य ठहर्याएको थियो। अख्तियार प्रमुख हुनलाई चाहिने योग्यता र उच्च नैतिक चरित्र नभएको सर्वोच्चको ठहरसँगै कार्की अख्तियार छाडेर निस्किएका थिए। उनीमाथि संसदले समेत महाअभियोग दर्ता गरेको थियो।
Comments
अरु समाचार
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
आज खग्रास चन्द्रगहण, विशेष उपकरणविना नै हेर्न सकिने
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...











