पुरानै स्वरूपमा आठ दरबारको पुनर्निर्माण
काठमाडौं, ४ माघ । सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ। सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो। आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो (वेस्ट लाउन्ज) र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन्। सहरी विकास तथा भवन निर्माण विभागले आठ दरबारको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न इन्जिनियरको समूहलाई जिम्मा दिएबमोजिम डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन पाएलगत्तै सहरी विभागले मन्त्रालयलाई आवश्यक निर्णयका लागि भन्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो। प्रतिवेदनलाई आधार मानेर भत्काएर नयाँ बनाउनुपर्ने आसयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ र सरोकारवालासँग सोमबार सिंहदरबारमा राखेको बैठकले पुरातात्विक सौन्दर्य एवं महत्व गुमाउन नहुने निष्कर्ष निकालेको हो। सरकारका कतिपय काम कर्मकाण्डी भएको र कतिपय निर्णय हचुवाका भरमा भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले बताए। नियत, संस्कार र क्षमतामा चुक्न नहुने र चुके जस्तोसुकै प्रयास पनि असफल हुने उनको भनाइ छ। सरकारी कर्मचारीको नियत सफा भए पनि क्षमतामा चुकेको र आठ दरबारलाई यथास्थितिमा राख्नुपर्ने उनले बताए। ‘विगतको अध्ययन र निष्कर्षलाई मनन गर्दै सरोकारवाला सातजना विज्ञको समूह गठन गर्ने र उनीहरूको सुझावअनुसार अघि बढ्नु उचित हुन्छ’, उनले भने। डिभिजनका प्रमुख अरुणकुमार पण्डितले सिंहदरबारको पश्चिमी पाटो र ग्यालरी हल, श्रीमहल र जुद्धवारुण रहेको भवनलाई पूरै ध्वस्त बनाएर नयाँ बनाउनुपर्ने भनी प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रतिवेदनमा केशरमहलको पश्चिम पाटोको दक्षिणी भाग ग्रेड ४ र बाँकी ग्रेड ३, बबरमहल ग्रेड ३, नक्साल भवनको पश्चिम र दक्षिण पाटो ग्रेड ४ र पुस्तकालय भवनलाई ग्रेड ३ मा राखिएको छ। मन्त्रालयको केन्द्रीय कार्यान्वयन इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार ग्रेड ५ को ट्याग लागेपछि भवन पूरै ध्वस्त पार्नुपर्छ। ४ सम्मलाई पुनर्निर्माण गर्न सकिने उनको भनाइ छ। यसअघि मुख्यसचिवको अध्यक्षतामा प्राविधिक सचिवहरूसमेत असारमा बसेको बैठकले आठवटै दरबार नयाँ बनाउनुपर्ने निष्कर्ष निकालेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले बताए। ‘सुरुमै अन्तर्राष्ट्रियस्तरको अध्ययन गराएको भए हुन्थ्यो, जति पनि गरिए र गराइए कुनै पनि विश्वसनीय हुन सकेनन्। फराकिलो सोचले समयमा निर्णय गर्ने क्षमता नहुँदा काम यसरी नै लम्बिन्छ’, उनले भने। डिजिकनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन विश्वसनीय हुन नसकेको र पुरातात्विक हिसाबले अध्ययन गरेको नपाइएको निष्कर्ष विज्ञहरूबाट आएपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले विज्ञहरूको समूह गठन गरी अन्तिम निर्णय लिने बताएका हुन्। सबैजसो विज्ञले आठ दरबारले नेपालको इतिहास बचाउने र पुरातातत्विक महत्व एवं सौन्दर्य कायम राख्ने भएकाले पुरानै स्वरूप आउने गरी तिनको पुनर्निर्माण गर्न सुझाएका थिए। अन्नपूर्णबाट
Comments
अरु समाचार
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
आज खग्रास चन्द्रगहण, विशेष उपकरणविना नै हेर्न सकिने
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...











