पुरानै स्वरूपमा आठ दरबारको पुनर्निर्माण
काठमाडौं, ४ माघ । सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ। सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो। आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो (वेस्ट लाउन्ज) र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन्। सहरी विकास तथा भवन निर्माण विभागले आठ दरबारको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न इन्जिनियरको समूहलाई जिम्मा दिएबमोजिम डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन पाएलगत्तै सहरी विभागले मन्त्रालयलाई आवश्यक निर्णयका लागि भन्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो। प्रतिवेदनलाई आधार मानेर भत्काएर नयाँ बनाउनुपर्ने आसयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ र सरोकारवालासँग सोमबार सिंहदरबारमा राखेको बैठकले पुरातात्विक सौन्दर्य एवं महत्व गुमाउन नहुने निष्कर्ष निकालेको हो। सरकारका कतिपय काम कर्मकाण्डी भएको र कतिपय निर्णय हचुवाका भरमा भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले बताए। नियत, संस्कार र क्षमतामा चुक्न नहुने र चुके जस्तोसुकै प्रयास पनि असफल हुने उनको भनाइ छ। सरकारी कर्मचारीको नियत सफा भए पनि क्षमतामा चुकेको र आठ दरबारलाई यथास्थितिमा राख्नुपर्ने उनले बताए। ‘विगतको अध्ययन र निष्कर्षलाई मनन गर्दै सरोकारवाला सातजना विज्ञको समूह गठन गर्ने र उनीहरूको सुझावअनुसार अघि बढ्नु उचित हुन्छ’, उनले भने। डिभिजनका प्रमुख अरुणकुमार पण्डितले सिंहदरबारको पश्चिमी पाटो र ग्यालरी हल, श्रीमहल र जुद्धवारुण रहेको भवनलाई पूरै ध्वस्त बनाएर नयाँ बनाउनुपर्ने भनी प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रतिवेदनमा केशरमहलको पश्चिम पाटोको दक्षिणी भाग ग्रेड ४ र बाँकी ग्रेड ३, बबरमहल ग्रेड ३, नक्साल भवनको पश्चिम र दक्षिण पाटो ग्रेड ४ र पुस्तकालय भवनलाई ग्रेड ३ मा राखिएको छ। मन्त्रालयको केन्द्रीय कार्यान्वयन इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार ग्रेड ५ को ट्याग लागेपछि भवन पूरै ध्वस्त पार्नुपर्छ। ४ सम्मलाई पुनर्निर्माण गर्न सकिने उनको भनाइ छ। यसअघि मुख्यसचिवको अध्यक्षतामा प्राविधिक सचिवहरूसमेत असारमा बसेको बैठकले आठवटै दरबार नयाँ बनाउनुपर्ने निष्कर्ष निकालेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले बताए। ‘सुरुमै अन्तर्राष्ट्रियस्तरको अध्ययन गराएको भए हुन्थ्यो, जति पनि गरिए र गराइए कुनै पनि विश्वसनीय हुन सकेनन्। फराकिलो सोचले समयमा निर्णय गर्ने क्षमता नहुँदा काम यसरी नै लम्बिन्छ’, उनले भने। डिजिकनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन विश्वसनीय हुन नसकेको र पुरातात्विक हिसाबले अध्ययन गरेको नपाइएको निष्कर्ष विज्ञहरूबाट आएपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले विज्ञहरूको समूह गठन गरी अन्तिम निर्णय लिने बताएका हुन्। सबैजसो विज्ञले आठ दरबारले नेपालको इतिहास बचाउने र पुरातातत्विक महत्व एवं सौन्दर्य कायम राख्ने भएकाले पुरानै स्वरूप आउने गरी तिनको पुनर्निर्माण गर्न सुझाएका थिए। अन्नपूर्णबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












