४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव
वरपरको बस्तीमा दुर्गन्ध
थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ। ‘ठाउँ अभावका कारण आठ आना जग्गामा वर्षौँदेखि शव गाड्दा वरपरका बासिन्दालाई पनि समस्या छ,’ वस्तीले भने। शव गाड्ने जग्गासँगै अस्पतालको फोहोर थुपारिएको छ। शव राम्रोसँग नपुरिएकाले दुर्घन्धका साथै कंकालहरू जमिनमै यत्रतत्र छरिएको देखिन्छ। कुकुरले समेत खोतलेर शव बाहिर देखिने गरेको स्थानीय बताउँछन्। ‘शवको दुर्गन्ध आउँछ कि फोहोरको भन्ने यकिन नै हुँदैन,’ स्थानीय सुवास लामाले भने, ‘कहिलेकाहीन् कुकुर पसेर शव खोतल्यो भने पूरै दुर्गन्धित हुन्छ। आसपासमा बसोबास गर्नेलाई निकै समस्या छ।’ फरेन्सिक विभागबाट सय मिटरपर रहेको सहारा केयर अस्पतालका सञ्चालक डा. हरि लम्साल पनि दुर्गन्धले आसपासमा असर गरेको बताए। ‘बस्तीको बीचमा शव गाड्नु अमानवीय कार्य हो,’ उनले भने, ‘राज्यले शव गाड्ने स्थानको उचित व्यवस्था गर्नुपर्छ। नजिकै शव गाडिँदा छेउछाउ बस्ने मानिसलाई यसले गम्भीर असर गर्न सक्छ।’ कान्ति बाल अस्पतालनजिक घर भएकी सुनिता श्रेष्ठले वर्षौँदेखि त्यहाँ शव गाड्ने गरिएको बताइन्। ‘आफ्नो जग्गा होइन, केही भन्न पनि मिलेन। पहिला–पहिला त राति दुर्गन्धले गर्दा बाहिर निस्किन पनि सकिँदैनथ्यो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्, ‘दाउराको भारी घोप्ट्याएजस्तो हरेक महिना खातका खात शव खाल्डामा पुरेको देखिन्छ।’ फरेन्सिक विभागले बाहिरबाट नदेखिने बनाउन अस्पताल हातापट्टिको जग्गामा दाताको सहयोगमा जस्तापाताले बार लगाएको छ।
पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री
शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए। उनले नयाँ पत्रिकासँग भने, ‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु। यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछ।’ कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ। कैयौँ शवको सनाखत हुन सक्दैन। त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ। तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन। विभागअगाडि खाली ठाउँ भएका कारण सोही स्थानमा शव गाडिँदै आएको छ। त्यो जग्गा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हो। कुनै समय आइओएमले भवन बनाउने भएमा शव गाड्ने विकल्प विभागसँग छैन। त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएको थियो। विद्यार्थीलाई आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको थियो। फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो वेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन। तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ।’ – See more at: http://setopati.com/chapa-bata/61246/#sthash.QHPW0hQi.dpuf
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












