४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव
वरपरको बस्तीमा दुर्गन्ध
थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ। ‘ठाउँ अभावका कारण आठ आना जग्गामा वर्षौँदेखि शव गाड्दा वरपरका बासिन्दालाई पनि समस्या छ,’ वस्तीले भने। शव गाड्ने जग्गासँगै अस्पतालको फोहोर थुपारिएको छ। शव राम्रोसँग नपुरिएकाले दुर्घन्धका साथै कंकालहरू जमिनमै यत्रतत्र छरिएको देखिन्छ। कुकुरले समेत खोतलेर शव बाहिर देखिने गरेको स्थानीय बताउँछन्। ‘शवको दुर्गन्ध आउँछ कि फोहोरको भन्ने यकिन नै हुँदैन,’ स्थानीय सुवास लामाले भने, ‘कहिलेकाहीन् कुकुर पसेर शव खोतल्यो भने पूरै दुर्गन्धित हुन्छ। आसपासमा बसोबास गर्नेलाई निकै समस्या छ।’ फरेन्सिक विभागबाट सय मिटरपर रहेको सहारा केयर अस्पतालका सञ्चालक डा. हरि लम्साल पनि दुर्गन्धले आसपासमा असर गरेको बताए। ‘बस्तीको बीचमा शव गाड्नु अमानवीय कार्य हो,’ उनले भने, ‘राज्यले शव गाड्ने स्थानको उचित व्यवस्था गर्नुपर्छ। नजिकै शव गाडिँदा छेउछाउ बस्ने मानिसलाई यसले गम्भीर असर गर्न सक्छ।’ कान्ति बाल अस्पतालनजिक घर भएकी सुनिता श्रेष्ठले वर्षौँदेखि त्यहाँ शव गाड्ने गरिएको बताइन्। ‘आफ्नो जग्गा होइन, केही भन्न पनि मिलेन। पहिला–पहिला त राति दुर्गन्धले गर्दा बाहिर निस्किन पनि सकिँदैनथ्यो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्, ‘दाउराको भारी घोप्ट्याएजस्तो हरेक महिना खातका खात शव खाल्डामा पुरेको देखिन्छ।’ फरेन्सिक विभागले बाहिरबाट नदेखिने बनाउन अस्पताल हातापट्टिको जग्गामा दाताको सहयोगमा जस्तापाताले बार लगाएको छ।
पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री
शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए। उनले नयाँ पत्रिकासँग भने, ‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु। यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछ।’ कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ। कैयौँ शवको सनाखत हुन सक्दैन। त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ। तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन। विभागअगाडि खाली ठाउँ भएका कारण सोही स्थानमा शव गाडिँदै आएको छ। त्यो जग्गा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हो। कुनै समय आइओएमले भवन बनाउने भएमा शव गाड्ने विकल्प विभागसँग छैन। त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएको थियो। विद्यार्थीलाई आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको थियो। फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो वेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन। तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ।’ – See more at: http://setopati.com/chapa-bata/61246/#sthash.QHPW0hQi.dpuf
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











