पर्यटन व्यावसायी सुनारले ल्याए ‘हिमालको गोठालो’

गोरखाः पर्यटन व्यावसायी सुनारबहादुर गुरुङको आत्मकथा ‘हिमालको गोठालो’ प्रकाशित भएको छ ।
नेपालका पहिलो अन्तरराष्ट्रिय पथप्रदर्शक तथा त्रिनेत्र एडभेञ्चर प्रालिका कार्यकारी निर्देशक गुरुङको इतिहास समेटिएको पुस्तक सुनार ट्रस्ट नेपालले प्रकाशन गरेको हो ।
गोरखाको दुर्गम उत्तरी गाविस लाप्राक–५ का बासिन्दा गुरुङले पुस्तकमा आफ्नो गोठाले जीवन, भरिया जीवन र अन्तरराष्ट्रिय पथप्रदर्शक बन्दासम्मको भोगाई समेटेका छन् ।
पुस्तकमा १ सय ११ खण्ड रहेको छ । गत पुुस १५ गते काठमाडौँको टुँडिखेलमा तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका थिए ।
गोरखामा मङ्गलवार पत्रकारहरुसँगको भेटमा उनले पुस्तकबारे जानकारी दिएका हुन्। “यो किताब एउटा लेकमा जन्मेको बच्चाको यथार्थ हो । मेरो भोगाई यसमा लेखेको छु”, उनले भने ।
अभाव र समस्याबीच गाउँमा प्रारम्भिक शिक्षा मात्रै लिएका गुरुङले फ्रान्समा आफ्नै खर्चबाट पथप्रदर्शकको अन्तरराष्ट्रिय तालिम लिई नेपालकै पहिलो अन्तरराष्ट्रिय पथप्रदर्शक बन्न सफल भएका हुन् ।
“किताबमा लेकाली जीवनशैली र गोठालोको दिनचर्या त छँदैछ । ट्रेकिङमा आउने टुरिस्टको भारी बोकेर हिँड्दाको भोगाई, भरियाको समस्या र जोखिम पनि छ’’, उनले भने, ‘‘फ्रान्समा स्की, रक क्लाइम्बिङ, क्यानोनिङ र पौडी जस्ता तालिम लिँदा भोग्नुपरेका भाषिकदेखि अन्य समस्या र सफलता पनि यसमा छ ।”
पहिलो चरणमा ३ हजार प्रति पुस्तक छापिएको छ । ५ सय रुपैयाँ पर्ने यो पुस्तक बेचेर आएको सबै आम्दानी समाजसेवामा खर्चने लेखक गुरुङले जानकारी दिए ।
“मैले ट्रस्टमार्फत गाउँको शिक्षा, समाजिक काम, संस्कृति संरक्षण, पर्यटन विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छु’’, उनले भने, ‘‘किताब बेचेर आएको पैसा पनि त्यहीँ लगानी गर्छु ।” पुस्तक अङ्ग्रेजीमा पनि अनुवाद गर्ने तयारी भइरहेको सुनारले बताए ।
Comments
अरु समाचार
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
आज खग्रास चन्द्रगहण, विशेष उपकरणविना नै हेर्न सकिने
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...











