ताजा समाचार

महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढाउन उपसमिति गठन

काठमाडौं,५ माघ । सर्वोच्च अदालतले अख्तियारको प्रमुख आयुक्त हुन अयोग्य ठहर गरेको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको प्रक्रिया अगाडि बढाउन उपसमिति गठन भएको छ ।

बुधबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकले तीन सदस्यीय उपसमिति गठन गरेको सदस्य एवं माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जानकारी दिए । उनका अनुसार उपसमिति सदस्यहरुमा नेपाली कांग्रेसका दिपक कुइँकेल, नेकपा एमालेका रेवतीरमण भण्डारी र माओवादी केन्द्रका रामनारायण विडारी छन् ।

१५ दिनभित्र कार्कीविरुद्धको महाअभियोगका विषयमा सबै अध्ययन, अनुसन्धान गरेर समितिमा प्रतिवेदन बुझाउन उपसमितिलाई भनेको सांसद मोदीले बताए । उपसमितिको प्रतिवेदनका आधारमा महाअभियोग सिफारिस समितिले कार्कीलाई महाअभियोग लगाउनु पर्ने, नपर्ने निर्णय लिनेछ । महान्यायाधीवक्ता लगायतको रायसुझाव, महाअभियोग समितिमा भएको छलफल र बहसपछि बुधबारको बैठकले उपसमिति बनाउने निर्णय लिएको सांसद मोदीको भनाइ छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org