विहिबार मन्त्रिपरिषद् विस्तार हुने,को-को हुँदैछन् मन्त्री ?
काठमाडौं,५ माघ । प्रधानमन्त्री प्रचण्डले विहिवार दुई मन्त्री आफ्नो मन्त्रिपरिषद्मा थप्दैछन् ।
मन्त्रीपरिष्द विस्तारमा समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्का मन्त्री हुनेछन् ।
उनीहरु दुवैलाई विहिबार नै सपथग्रहण गराइने तयारी छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार विहिवार दुई मन्त्री थपिनेछन् । तर, उनीहरुको मन्त्रालय भने टुंगो लाग्न वाँकी रहेको उनले बताए ।
राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत समेटेर मन्त्रीपरिषद विस्तार गर्न चाहेपनि उनीहरुसँग अझै कुरा टुंगिएको छैन ।
प्रधानमन्त्री चौथो ठूलो दल राप्रपालाई उपप्रधानमन्त्रीसहित थप तीन मन्त्रालय, फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दुई मन्त्रालय दिएर मन्त्रीपरिषद विस्तार गर्न चाहेका छन् ।मन्त्रीपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापाले दोस्रो बरियता खोजेका छन् । त्यसै गरी पटक–पटक उपप्रधानमन्त्री भएको भन्दै फोरम अध्यक्ष गच्छदारले पनि बरिष्ठ उपप्रधानमन्त्री माग गरेका छन् ।
अहिले काँग्रेसबाट उपप्रधानमन्त्री भएका बिमलेन्द्र निधि प्रधानमन्त्रीपछि दोस्रो बरियतामा आफु रहनेसहित उपप्रधानमन्त्री हुनुपर्ने अडानमा छ । निधिको यो अडानले थापा र गच्छदारलाई सरकारमा लैजान कठिनाई भैरहेको र विकल्पको खोजि भैरहेको छ । राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा गए थापा र गच्छदार सरकारमा सहभागी भए चार जना उपप्रधानमन्त्री हुनेछन् । संसदमा पेश भएको संविधान संसोधन प्रस्तावलाई पारित गराउन सत्तारुढ दल काँग्रेस र माओवादीले मन्त्रीपरिषद् विस्तारको योजना अगाडि सारेका हुन् ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...











