प्रधानमन्त्री दाहालद्वारा पाँचौ पटक मन्त्रीपरिषद् विस्तार,मन्त्रीको संख्या ४३ पुग्यो

६ माघ । साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । दुई साना दलबाट दुई मन्त्री थप गरी बिहिबार मन्त्रिपरिषद् बिस्तार गरेपछि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।
प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।
सिंह कालीकोटका समानुपातिक तर्फका सांसद हुन् भने खड्का पनि कास्कीका हुन् । उनी पनि समानुपातिक तर्फबाटै सांसद बनेका हुन् ।
प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्णबहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए ।
दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए । त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका थिए । तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्रीले आफु प्रधानमन्त्री भएको झण्डै ६ महिनामा पाचौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
संविधान संशोधन प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षबीच अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेको चर्चा राजनीतिक बृत्तमा चलेको छ ।
Comments
अरु समाचार
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












