प्रधानमन्त्री दाहालद्वारा पाँचौ पटक मन्त्रीपरिषद् विस्तार,मन्त्रीको संख्या ४३ पुग्यो

६ माघ । साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । दुई साना दलबाट दुई मन्त्री थप गरी बिहिबार मन्त्रिपरिषद् बिस्तार गरेपछि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।
प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।
सिंह कालीकोटका समानुपातिक तर्फका सांसद हुन् भने खड्का पनि कास्कीका हुन् । उनी पनि समानुपातिक तर्फबाटै सांसद बनेका हुन् ।
प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्णबहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए ।
दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए । त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका थिए । तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्रीले आफु प्रधानमन्त्री भएको झण्डै ६ महिनामा पाचौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
संविधान संशोधन प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षबीच अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेको चर्चा राजनीतिक बृत्तमा चलेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












