मलेसियामा मृत्यु भएका भक्तबहादुरको परिवारलाई सहयोग हस्तान्तरण

जाजरकोट ९ माघ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएकाको परिवारलाई जाजकोटमा राहत सहयोग गरिएको छ । दुई वर्ष पहिले मलेसियामा मृत्यु भएका टालेगाउँ २ जाजरकोटका भक्तबहादुर नेपालीका परिवारलाई सूर्य लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड काठमाडौं राहत प्रदान गरेको छ । जाजरकोटको सदरमुकाम खंलगामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी भक्तबहादुरको परिवारलाई ६ लाख ७७ हजार ३ सय ५६ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
नेपालीको दुई वर्ष पहिले मलेसियामा मृत्यु भएको थियो । मृत्यु भएको लामो समय सम्म पनि घरमा कुनै जानकारी नहुँदा नेपालीको सब दुई वर्षसम्म मलेसियामै थन्किीएको थियो । नेपालीको मृत्यु भएको खवर पाएपछि परिवारले सरकारको पहलमा उनको सबलाई गत मसिंरमा मात्र गाउँमै दाहासस्कार गरेको थियो ।
मृतक नेपालीका ३ वर्षीय छोरा विकास नावालक भएकोले मृतककी आमा धनसरा कामीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । विकासकी आमा डिलसरा नेपाली भने गत श्रावणमा दोस्रो विवाह गरि सकेकी छन् । आमाले दास्रो बिवाह गरेर अर्कैसँग गएपछि तीन वर्षीय बालक विकास नेपाली ७१ वर्षकी वुढी हजुर आमाको संरक्षणमा वस्दै आएका छन ।
मृतकको छोरा नावालक भएकाले उनकी हजुर आमा धनसरा कामीलाई सहयोग हस्तान्तरण गरिएको सूर्या लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड जाजरकोटका प्रमुख निराजन शर्माले जानकारी दिए । “विकास १६ वर्ष भए पछि उपयोग पाउनेछन् ,हजुर आमाको संरक्षकत्वमा विकासको नाममा नेपाल बैंक जाजरकोटमा खाता खोलिएको छ , विमा वापत पाएको सबैरकम त्यसैमा जम्मा हुन्छ ।”उनले भने ।
भक्त बहादुर नेपालीको मृत्यु दावी विमा वापत ५ लाख, आय नोक्सानी वापत १ लाख, क्रिया खर्च वापत ५० हजार , सव ल्याउने वापत २७ हजार ३ सय ५६ गरि ६ लाख ७७ हजार ३ सय ५६ रुपैया हस्तान्तरण गरिएको शर्माले वताए । २०७१ माघ १० गते मृत्यु भएका भक्तबहादुर वैदेशिक रोजगारीका लागी जेपी मेनपावर कम्पनी गौरीधारा काठमाडांै मार्पmत् २०७१ साल अषाढमा मलेसिया गएका थिए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












