सहिद सप्ताह शुरू

काठमाडौं, १० माघ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदानी गरेका सहिदको सम्झनामा सोमबारदेखि सहिद सप्ताह सुरु भएको छ। विक्रम संवत १९९७ माघ १० गते अर्थात् आजकै दिन सहिद शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि गरेको आन्दोलनको क्रममा टेकुस्थित पचलीमा जीवनको बलिदानी दिएका थिए।
उनलाई तत्कालिन जहानियाँ राणा शासकले रुखमा झुण्डाएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ १३ गते काठमाडौंको सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर तथा गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। सहिदहरुको सोही बलिदानीको स्मरणमा हरेक वर्ष माघ १० गतेदेखि सहिद सप्ताह मनाएर माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।
यसैबीच सहिद सप्ताहको अवसरमा काठमाडौं महानगरपालिकाले टेकुस्थित पचलीमा कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले विगतमा सहिदहरुले गरेको त्याग र बलिादन अनुसार मुलुकको राजनीति अघि बढ्न नसकेको बताए।
उनले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिने सहिदहरुको त्यागमा आम नेपालीको स्वतन्त्रता साटिए पनि दलहरुले त्यसको सम्मान गर्न नसकेको टिप्पणी गरे। प्रमुख कार्यकारी अधिकृत तामाङले मुलकमा बढ्दो राजनीतिक संक्रमणकालले सहिदहरुको सम्मान हुन नसक्ने स्पष्ट पारे।
कार्यकारी प्रमुख तामाङले पछिल्लो समय राजनीतिक परिवर्तनका नाममा सहिदहरु थपिने क्रम जारी रहेपनि वास्तविक रुपमा मुलुकलाई योगदान नगरेकाहरु पनि सूचीकृत भएको बताए। उनले मुलुकलाई योगदान गरेको भन्दा पनि राजनीतिक आस्थाका आधारमा विभिन्न घटनामा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने प्रचलन गलत भएको टिप्पणी गरे।
कार्यकारी प्रमुख तामाङले लामो समयदेखि जनप्रतिनिधि बिहिन भएका स्थानिय निकायमा जनताको सेवा प्रभावकारी नभएको बताए। कार्यक्रममा उपस्थित सर्वसाधारणले सहिद शुक्रराज शास्त्रीको तस्विरमा माल्यार्पण गरेर सम्मान व्यक्त गरेका थिए।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












