ठूला खानेपानी आयोजना चालिस जिल्लामा

काठमाडौँ, माघ ११ गते । खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “तराईमा आर्सनिकरहित पानी खुवाउनदेखि पहाडमा मोटरबाट पानी तानेर खुवाउन मन्त्रालय लागिपरेको छ ।”
राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने लक्ष्यअनुसार मन्त्रालय जुटिरहेको स्पष्ट पार्नुभयो ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले मुख्य पानीको अभाव हुने क्षेत्रलाई लक्षित गरी मन्त्रालयको अग्रसरतामा विभागले ठूला खानेपानी आयोजना सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४० जिल्लामा ११० खानेपानी आयोजना सञ्चालन गर्न लागेका छौँ ।”
विभागले ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रुकुम, कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लामा ११० आयोजना सञ्चालन गर्न लागेको हो ।
विभागले गत आवमा ७४ आयोजना सञ्चालन गरेको थियो । प्रत्येक आयोजनामा रु ५० लाखभन्दा बढी बजेट खर्च हुने उपसचिव सिम्खडाले बताउनुभयो । यो आयोजना सञ्चालनका लागि विभागले रु ८२ करोड ५० लाख विनियोजन गरेको छ ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा...












