ठूला खानेपानी आयोजना चालिस जिल्लामा

काठमाडौँ, माघ ११ गते । खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “तराईमा आर्सनिकरहित पानी खुवाउनदेखि पहाडमा मोटरबाट पानी तानेर खुवाउन मन्त्रालय लागिपरेको छ ।”
राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने लक्ष्यअनुसार मन्त्रालय जुटिरहेको स्पष्ट पार्नुभयो ।
विभागका उपसचिव अरुणकुमार सिम्खडाले मुख्य पानीको अभाव हुने क्षेत्रलाई लक्षित गरी मन्त्रालयको अग्रसरतामा विभागले ठूला खानेपानी आयोजना सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४० जिल्लामा ११० खानेपानी आयोजना सञ्चालन गर्न लागेका छौँ ।”
विभागले ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रुकुम, कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लामा ११० आयोजना सञ्चालन गर्न लागेको हो ।
विभागले गत आवमा ७४ आयोजना सञ्चालन गरेको थियो । प्रत्येक आयोजनामा रु ५० लाखभन्दा बढी बजेट खर्च हुने उपसचिव सिम्खडाले बताउनुभयो । यो आयोजना सञ्चालनका लागि विभागले रु ८२ करोड ५० लाख विनियोजन गरेको छ ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











